२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिडिओमार्फत स्वास्थ्यकर्मीले बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

सिडिओमार्फत स्वास्थ्यकर्मीले बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र


जुम्ला – राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्यसमिति जुम्लाले प्रमुख जिल्ला अधिकारी विजय कुमारी प्रसाईमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । सबै किसिमका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन माग राख्दै कोभिड संकट व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएका हुन् ।

स्वस्थ्य बिमा बोर्ड जुम्लाका जिल्ला संयोजक कमल रावत तथा राष्ट्रिय स्वास्थ्यकर्मी संघ जुम्लाका अध्यक्ष गणेश नेपालीमार्फतले बुझाएको ज्ञापन–पत्रमा नेपाल सरकारले कोभिड विरुद्धको महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पुरा नदिएकाले तुरुन्त दिने व्यवस्था गर्न भनिएको छ ।

स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था र निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यस्तै, खोप केन्द्रमा देखिएको भिडभाड नियन्त्रणका लागि पर्याप्त मात्रामा स्वयंसेवक तथा सुरक्षाकर्मीको परिचालनको व्यवस्था गर्न, खोप वा स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हुने भिडभाड, तोडफोड र हातपात गर्नेहरुलाई कारबाही सँगै पिडित स्वास्थ्यकर्मी र संस्थालाई क्षतिपुर्तिको व्यवस्था गर्न लगायतका माग गरेका छन् ।

कोरोनाभाइरस फैलन नदिन सरकारलाई संवेदनशील बन्न आग्रह गरेको छ । कोरोना भाइरस समुदाय स्तरमा फैलिसकेकोले संवेदनशील बन्न आग्रह प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यकर्र्मी संघले अपिल गरेको छ । आइतबार बुझाइएको ज्ञापनपत्रमा संघसँग सम्बन्धित विषय समेटिएका १५ बुँदे विभिन्न माग समेत पेश गरिएको छ । कोभिड संकट व्यवस्थापन समिति (डिसिएमसि) जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘सरकारी निजी सामुदायिक र अध्ययन संस्थानहरूमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनत्तम र पारिश्रमिक तुरुन्त उपलब्ध गराइयोस । कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि नदिएको गुनासो संघको छ ।

आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसि,जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै स्वास्थ्यकर्मी संघले सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत सबै खालका स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलव्ध गराउन माग गरेको हो । तोकिएको सेवा सुविधा उपलव्ध नगराउने स्वास्थ्य संस्थालाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकार समक्ष आग्रह गरेको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघले अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीका लागि उचित आइसोलेसनको व्यवस्था गर्न, संक्रमित स्वास्थ्यकर्मीहरुको निःशुल्क औषधि उपचारको व्यवस्था गर्न, सम्पूर्ण स्वास्थ्यकर्मी र अग्रस्थानमा खटिने कर्मचारीको यथाशिघ्र बिमाको व्यवस्था गर्न माग गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ