२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटको तिलागुफामा भिडियो एक्स–रे सेवा सुरू

कालिकोटको तिलागुफामा भिडियो एक्स–रे सेवा सुरू


सुर्खेत—कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा नगर अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु भएको छ । तिलागुफा नगरपालिकाको नगर अस्पताल रुपमा रहेको राँचुली अस्पतालबाट भिडियो एक्स–रे सेवा सञ्चालन गरिएको हो ।

राँचुलीमै गर्वभती महिलाको स्वास्थ्य परीक्षण गर्नका लागि अल्ट्रासाउण्ड, भिडियो एक्स–रे, ल्याब सेवा सञ्चालन गरिएको छ । विगतमा प्रस्तुती सेवा लिनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र जिल्ला अस्पताल कालिकोटमा जानुपर्ने बाध्यता हटेको छ ।

ग्रामीण क्षेत्रमै विशेष गरी गर्भवती महिलाकै लागि अल्ट्रासाउण्ड, भिडियो एक्स–रे ल्याब तथा प्रस्तुती जाँच गर्नका सुरु गरिएको नगर अस्पतालका प्रमुख डा. टकप्रसाद आचार्यले जानकारी दिए ।

‘नगर अस्पतालमै गर्भवती महिलाका लागि भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षण स्थापना गरेको छ । यसले स्थानीयस्तरमै गर्भवती महिलालाई बच्चा उल्टो–सुल्टो भएको पाठेघरमा बच्चा बसे–नबसेको सवै परीक्षण गर्न सहज हुने भएको छ,’ उनले भने, ‘अबका दिनमा यहीबाट प्रस्तुती सेवा दिन थालिएको छ । यसले स्थानीयलाई बाहिर जानुपर्ने बाध्यता हटेको छ ।’

नगर अस्पताललाई आधुनिक सेवा सुबिधा दिने तयारी थालिएको टेलिमेडिसन सेवा पनि सुचारु गरिएको नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । ‘नगरपालिका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र अन्य संस्थाहरुसँग मिलेर नगरमा विशेषज्ञ चिकित्सक सेवा दिन थालेका छौं,’ उनले भने, ‘त्यसै आधारमा नै नगर अस्पतालमा अबदेखि प्रस्तुती सेवा सुरु गरिएको छ ।’

नगर अस्पतालमा प्रयोगशाला र गर्भवती महिलाका लागि अल्ट्रा साउण्डलगाएतका अन्य परीक्षण सेवा सुचारु गरिएको उपप्रमुख शाहीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ