२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशयस्ता छन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक निर्णय

यस्ता छन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक निर्णय


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ९ औं सिनेट बैठक काठमाडौंमा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालको सभाध्यक्षमा बैठक सम्पन्न भएको हो ।

सिनेटले प्रतिष्ठानको कर्मचारीका सेवा, शर्त र सुविधा सम्बन्धी नियमावली, २०६९ को संशोधन गरी तयार गरिएको चौथो संशोधित नियमावली, २०८० पारित गरेको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिए ।

प्रतिष्ठानको संगठन तथा व्यवस्थापन सर्वेक्षणको खाकासहितको प्रतिवेदन, दैलेख जिल्लाको आठविस नगरपालिकाको राकममा प्रस्तावित १ सय शैय्याको सेटलाइट अस्पताल सञ्चालनार्थ बजेटसहितको डिपिआरको सैद्धान्तिक सहमति बैठकले दिएको छ ।

प्रतिष्ठानको प्राज्ञिक परिषद्को रिक्त पदहरुमा कार्यकारी परिषद्को सिफारिसमा प्रा.डा. शेषानन्द सन्जेल, प्रा. डा. विजय अर्याल, सह—प्राध्यापक निर्मलाकुमारी पहाडी, सह—प्राध्यापक डा. राम जीवन प्रसाद र सह—प्राध्यापक डा. रोविन खापुङलाई मनोनयन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६९, परिच्छेद ४ दफा ९ को २ (ख) बमोजिम शिक्षकहरुमध्येबाट कार्यकारी परिषद्को सिफारिसमा प्राज्ञिक परिषद्मा सभाद्वारा मनोनित गर्ने कम्तिमा महिला सहित दुई जना अन्तर्गत सहायक प्राध्यापक डा. तुफान सिंह कठायत र सहायक प्राध्यापक सन्दिया चौलागाईलाई कार्यकारी परिषद्को सिफरिसमा सभाबाट अनुमोदन गरिएको छ । सिनेटले प्रतिष्ठानले विभिन्न विश्वविद्यालय, अस्पताल, स्थानीय निकाय र संघ संस्थाहरुसँग भएका द्विपक्षीय सम्झौतालाई अनुमोदन गरेको छ ।

प्रतिष्ठानद्धारा प्रस्तावित शैक्षिक कार्यक्रम सभाले अनुमोदन गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६८ को परिच्छेद ३ दफा ७ को (ञ) बमोजिमका कार्यकारी परिषद्को सिफरिसमा डीनहरुमध्येबाट एक डा. प्रेणितकुमार पोखरेललाई सभा सदस्य मनोनयन गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८, विद्यार्थी भर्ना सम्बन्धी संरक्षित प्रावधान बाझिएकोले सो ऐनलाई संशोधन गर्न प्रक्रिया अगाडि बढाउने प्रस्ताव सभाले पारित गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको भावी प्रस्तावित योजनाअन्तर्गत अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवास निर्माणका लागि डिपिआरसहित सैद्धान्तिक सहमति प्रदान गर्ने प्रस्ताव पनि सिनेटबाट पास भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, ऐन, २०६८ को परिच्छेद ३, तफा ७ (ठ) जिल्ला समन्वय समिति प्रमुख पदेन सभा सदस्यको रुपमा रहने व्यवस्थाका लागि ऐन संशोधनका लागि प्रस्ताव पारित भएको छ ।

सिनेटमा प्रष्ठिानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ट्रमासहितको १ सय शैय्याको सेटलाइट अस्पताल निर्माणका लागि र जुम्लामा अध्ययनरत विद्यार्थीका लागि आवश्यक छात्रवास आउँदो आर्थिक बर्षको बजेट कार्यक्रमअन्तर्गत राखिने प्रतिबद्धता जनाएका छन् ।

सिनेटमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले प्रतिष्ठानको ट्रमा सहितको १ सय शैय्याको सेटलाइट अस्पताल निर्माणका लागि र जुम्लामा अध्ययनरत विद्यार्थीका लागि आवश्यक छात्रवास आउँदो आर्थिक वर्षको कार्यक्रमअन्तर्गत राख्न थप सहयोग गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नेपालको विशेष प्रतिष्ठानका रुपमा हेरिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचवि डा. रोशन पोखरेल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक मेसिन÷उपकरण आउँदो आर्थिक वर्षमा उपलब्ध गराउन मन्त्रालयले आवश्यक पहल गर्ने जनाएका छन् ।

सिनेट बैठकले आर्थिक वर्ष २०७७/०७८ को आन्तरिक तथा वाह्य लेखापरीक्षण प्रतिवेदन, प्रतिष्ठानको आर्थिक वर्ष २०७८/०७९ को आयव्यय सहितको वार्षिक बजेट र प्रतिष्ठानको आर्थिक प्रशासन नियमावली, २०६९ को संशोधन गरी तयार गरिएको दोस्रो संशोधित नियमावली, २०८० पारित गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ