२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटलकडाउनमा प्रभावकारी बन्दै प्रिमियर डेन्टलको अनलाइन सेवा

लकडाउनमा प्रभावकारी बन्दै प्रिमियर डेन्टलको अनलाइन सेवा


काठमाडौं– ‘कोभिड १९’ को सम्भावित सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेको छ । जसका कारण अहिले सबै डेन्टल क्लिनिक र अस्पतालहरू बन्द छन् । अत्यावश्यक सेवाबाहेक सबै सेवा रोकिएकाले मुख तथा दन्त स्वास्थमा समस्या आउँदा पनि अस्पताल जान जोखिम छ । तर मुख तथा दन्त स्वास्थ्यमा समस्या भएको अबस्थामा प्रिमियर डेन्टलले आफ्नो फेसबुक पेजमार्फत २४ सैं घन्टा निःशुल्क अनलाइन परामर्श दिदैं आएको छ ।

‘विगत २ वर्षदेखि दन्त चिकित्सकद्वारा हाम्रो फेसबुकमार्फत अनलाइन परामर्श दिदै आएको थियौं । अहिले लकडाउनको समयमा यो अत्यन्तै प्रभावकारी बनेको छ,’ प्रिमियर डेन्टलका प्रबन्ध निर्देशक डा. विप्लव अधिकारी भन्छन्, ‘देश विदेशका विभिन्न ठाउँबाट परामर्श लिनेको संख्या उत्साहजनक छ ।’

यसअघि प्रिमियरले महिनामा पाँच-सातवटा अनलाइन परामर्श दिँदै आएकोमा अहिले दिनमै पाँच-सात वटा परामर्श दिन थालेको छ । अनलाइन परामर्श लिन इच्छुक जो कोहीले प्रिमियर डेन्टलको फेसबुक पेजमा म्यासेज गरेर दन्त चिकित्सकद्वारा निःशुल्क परामर्श लिन सक्छन् । यो सुविधा २४ सैं घण्टा उपलब्ध रहेको अधिकारीले बताए ।

‘यो अत्यन्तै सजिलो छ, फेसबुकमा ‘Premier Dental’ खोज्नुहोस् र आफ्नो समस्या टेक्सट म्यासेज वा भ्वाइस मेसेजमार्फत पठाउनुहोस,’ उनले थपे, ‘अत्यन्तै प्रभावकारी र उपयोगी परामर्श तपाईले दन्त चिकित्सकसँग प्रत्यक्ष कुरा गरी निःशुल्क पाउनुहुन्छ ।’ लकडाउनको समयमा मुख तथा दन्त स्वास्थ सम्बन्धि जिज्ञासा, जानकारी र परामर्श घर बसी बसी पाउने भएकाले सानो समस्या आएको खन्डमा अस्पताल गएर कोभिड १९ को संक्रमणको जोखिम नलिने पनि उनले सुझाव दिए ।

प्रिमियर डेन्टल क्लिनिक सुरु भएको चार पुगेको छ भने विगत तीन वर्षदेखि यसले बिहान र बेलुकाको समयमा अनलाइन परामर्श दिदै आएको छ । अहिले लकडाउनका बेला दन्त क्लिनिक र अस्पताल बन्द भएकोले २४ सै घन्टा परामर्श दिन सुरु गरेको डा. अधिकारीले बताए । उनले नाफा कमाउने उद्देश्यले नभएर आफूहरुले मुख तथा दन्त स्वास्थ्यका विषयमा जनचेतना अभिवृद्धि गर्न र समस्या परेका बिरामीलाई बेलैमा परामर्श उपलब्ध गराउने यो सो सुरु गरेको उल्लेख गरे ।


क्याटेगोरी : कर्पोरेट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ