२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर पाँच तहका ३ सय ८२ वटा ट्रमा केयर सेन्टर सञ्चालन गर्ने प्रस्ताव

देशभर पाँच तहका ३ सय ८२ वटा ट्रमा केयर सेन्टर सञ्चालन गर्ने प्रस्ताव


काठमाडौं–सरकारको निती तथा कार्यक्रममा समावेश भएको देशभर ट्रमा सेन्टर संचालन गर्ने कार्यक्रमलाई कार्यन्वनमा ल्याउन गठन गरिएको ट्रमा सेवा सञ्चालन कार्यविधि मस्यौदा तयारी समितिले देशभर चार तहका ट्रमा सेन्टर रहने प्रस्ताव गरेको छ ।

सो मस्यौदा समितिले ट्रमा र चोटपटक लागेकालाई पैसा नभएतापनि उपचार गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी ट्रमा तथा चोटपटक लागेका बिरामीलाई आकस्मिक सेवा निःशुल्क अथवा सहुलियत दरमा हुनेगरि प्रस्ताव गरिएको मस्यौदा समितिका सदस्य समेत रहेका राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए । ‘प्रत्येक प्रदेशमा ट्रमा सेन्टर र केन्द्रमा राष्ट्रिय ट्रमा सेन्टर परिकल्पना गरिएको छ’ उनी भन्छन्, ‘सो भन्दा तल्लो तहमा अन्य तीन तहका ट्रमा केयर सेन्टर रहने गरि प्रस्ताव गरिएको हो ।’

सरकारका प्राथमिक स्वास्थ्य केन्द्र या १५ वेडसम्मका प्राथमिक अस्पताललाई पाँचै तहको ट्रमा केयर सेन्टर सिफारिस गरिएको छ । जहाँ एक जना एमडिजिपी चिकित्सक, मेडिकल अफिसर, एनेस्थेसिया असिस्टेन्ट, तालिमप्राप्त नर्स तथा पारामेडिक्स, एक्सरे टेक्निसियन लगायतको जनशक्ति रहने उल्लेख छ । पाँचौ तहको ट्रमा केयर सेन्टर नेपालभर हाल संचालनमा रहेका ६३ वटा प्राथमिक अस्पताल र थप २ सय ५१ वटा अस्पताललाई नै बनाउने प्रस्ताव गरिएको छ ।

देशभर २६ बटा अस्पताललाई चौथो तहको ट्रमा केयर सेन्टर प्रस्ताव गरिएको छ । जसमा एमडिजिपी, शल्यक्रिया गर्न तालिम प्राप्त मेडिकल अफिसर, डेन्टल सर्जन, एनेस्थेसीया एसिस्टेन्ट, नर्स पारामेडिक्स, शल्यक्रिया तथा आइसियु ट्रेन नर्स लगायतका स्वास्थ्यकर्मी रहने उल्लेख छ ।

लेभल तीनका ट्रमा सेन्टर देशभर ४ वटा स्थापना गर्ने उल्लेख गरिएको छ । हाड जोर्नी विशेषज्ञ सहितको फरक–फरक २५ विधाका विशेषज्ञ चिकत्सक अन्य आवश्यक नर्स तथा स्वास्थ्यकर्मी रहने गरि प्रस्ताव गरिएको छ ।

दोस्रो तहका ट्रमा केयर सेन्टरको रुपमा प्रदेश तहका ट्रमा सेन्टर, मेडिकल कलेजहरू र अन्य अस्पतालबाट रिफर भएर आउने देशका विभिन्न जिल्लामा ९ वटा अस्पताललाई समेत समावेश गर्नुपर्ने उल्लेख छ । तेस्रो लेभलको जनशक्तिसहित अध्ययन/अध्यापन पनि गराउने उल्लेख छ ।

प्रस्तावित कार्यविधिमा पहिलो तहको एक ट्रमा सेन्टरको सिफारिस गरीएको छ । त्यो केन्द्रीय सरकार मातहत रहने उल्लेख छ । दोस्रो तहका सबै जनशक्ति र उपकरणसहित ट्रमा सम्बन्धि शैक्षिक गतिविधिको केन्द्र हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ट्रमा सम्बन्धि प्राविधिक सल्लाहकारको रुपमा काम गर्ने, केन्द्रले ट्रमा रजिष्ट्री सेन्टरको काम गर्ने । केन्द्रीय अनुगमन तथा सुपरीवेक्षण गर्ने र समायानुकुल अद्यावधिक गर्ने काम यहि सेन्टरको हुने प्रस्ताव गरिएको छ ।

ट्रमा केयर सेन्टरकाे प्रस्तावित जनशक्ती र सेवा 


क्याटेगोरी : समाचार
ट्याग : #३ सय ८२ वटा ट्रमा सेन्टर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ