२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा १२०४ जना कोरोना संक्रमित थपिए, ३५ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदैं

नेपालमा १२०४ जना कोरोना संक्रमित थपिए, ३५ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदैं


काठमाडौं—नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६२७९७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७१२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १४४७ कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा ४५ हजार २ सय ६७ जना कोरोना जितेर घर फर्किएका छन् ।

नेपालमा १७९ जना कोरोना संक्रमित आईसीयु उपचाररत छन् भने ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ४ जना पुरूष र ७ जना महिला गरी  ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ४०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

५ सय बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही रहेका छन् । संक्रमित शुन्य भएका जिल्लाहरुमा सोलखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

कहाँ कति संक्रमित थपिए ?

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ