२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १९७ सहित थप ४२१ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १९७ सहित थप ४२१ जनामा संक्रमण पुष्टि


काठमाडौं– नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थप १ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये भक्तपुरमा ११ जना, काठमाडौँमा १ सय ६०  र ललितपुरमा २६  संक्रमित छन् ।

देशभर गरेर ५ हजार ७ सय ८७ वटा सक्रिय केस रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ८ सय वटा पिसिआर नमुना परीक्षण रहेको छ।

पछिल्लो २४ घन्टामा ६ सय ३७ जनाले कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ५४  हजार ८ सय ९४  जना पुगेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ