२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपीसीआर रिपोर्टमा एयर अरेबियाको सिन्डिकेट

पीसीआर रिपोर्टमा एयर अरेबियाको सिन्डिकेट


काठमाडौं– एयर अरेबिया एयरलाइन्सले पीसीआर रिपोर्टमा सिन्डिकेट गरेकाे पाइएकाे छ । एयरलाइन्सले दुबई, बहराइन र मस्कटका लागि ४ वटा निजी ल्याबमा गरिएको पीसीआर रिपोर्टलाई मात्र मान्यता दिने गरी सिन्डिकेट गरेकाे हो ।

एयर अरेबियाले आफ्नो बिमानबाट यात्रा गर्नेहरुलाई सुर्या हेल्थ केयर, बिध ल्याब, ह्याम्स अस्पताल र स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणलाई मात्र मान्यता दिने जनाएको छ । यो बाहेक अन्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट मान्य नहुने भन्दै एयरलायन्सले सूचना जारी गरेको छ । यस्तै, साउदी अरेबियाका लागि भने सुरिया हेल्थ केयरमा गरिएको पीसीआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने उक्त सूचनामा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी भने सरकारले मान्यता दिएका सबै ल्याबको पीसीआर रिपोर्ट स्विकृत गर्नुपर्ने बताउँछन् । ‘यो विषयमा सरकारले केही भनेको छैन, सरकारले मान्यता दिएका सबै ल्याबको पीसीआर रिपोर्टलाई जुनसुकै ठाउँमा पनि मान्यता दिनुपर्छ,’ उनले भने, ‘यहाँ केहि ले सिन्डिकेट तोकेको कुरा मन्त्रालयमा पनि आएको छ । त्यो के आधारमा गरिएको हो भन्ने बारे अनुसन्धान गरेर मन्त्रालयले कारवाही गर्छ ।’

हाल पीसीआर परीक्षणका लागि सरकारी र निजी गरी ८२ वटा प्रयोगशालालाई मान्यता दिइएको छ । जसमा सरकारी तर्फका ४७ र निजी तर्फका ३५ वटा प्रयोगशाला छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ