२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएन्जाइटी हुँदा यस्ता देखिन्छन् लक्षण, यसरी बच्न सकिन्छ ?

एन्जाइटी हुँदा यस्ता देखिन्छन् लक्षण, यसरी बच्न सकिन्छ ?


सामान्यतयाः कुनै पनि प्रतिकूल घटना वा परिस्थितीका कारण मानिसहरु आत्तिनु वा डराउनु सामान्य हो । तर, कतिपय मानिसहरुमा विना कारण आत्तिने, डराउने, शंका लाग्ने, छटपटी हुनेलगायतका समस्याहरु देखिने गर्छ ।

सामान्य एन्जाइटी छट्पटी प्रायः सबैमा हुने गर्दछ । तर, यो प्रक्रिया नियमित भइरहन्छ र यसले दिनचर्यामा पनि निकै प्रभाव पारिरहन्छ भने यसलाई एन्जाइटी डिसअर्डर भनिन्छ । यस्ता लक्षणहरूले गर्दा मानिसको दिनचर्यामा असर पर्ने गर्दछ ।

आफ्नो काममा ध्यान दिन सक्दैनन् । एन्जाइटी डिसअर्डर विभिन्न प्रकारका हुन्छन् । जनरलाइज्ड, सोसल, सेपरेसन, एगोरोफोबिया, प्यानिक डिसर्अडर ,कन्भजन डिसअर्डर आदि ।

एन्जाइटीका सामान्य लक्षणहरु

  • अनायासै भय पैदा हुने ।
  • धड्कन बढ्ने, श्वासप्रश्वास छिटो—छिटो हुने ।
  • निन्द्रा नलाग्ने लागिहाले पनि बीच—बीचमा बिउँझिने फेरि निन्द्रा लाग्न गाह्रो हुने ।
  • हातखुट्टा काप्ने पसिना आउने टाउको दुख्ने छटपटी हुने ।
  • बेहोस होलाजस्तो हुने ।
  • आत्तिने साथै आत्मविश्वास घट्ने ।
  • थाक्ने कमजोर महसुस हुने ।

एन्जाइटी डिसअर्डर बाट बच्न के गर्ने ?
एन्जाइटीबाट बच्नका लागि अचुक उपाय नभएतापनि केही सावधानीहरु हामीले अपनायौँ भने यसले एन्जाइटी हुने सम्भावनालाई कम गर्छ ।

के गर्ने

  • सन्तुलित भोजन खाने ।
  • दैनिक व्यायाम गर्ने ।
  • जाँडरक्सी चुरोट वा लागु पदार्थको सेवन नगर्ने ।
  • मेडिटेसन गर्ने ।
  • समयमा सुत्ने, समयमा उठ्ने ।
  • कुनै पनि समस्याको पहिचान गर्ने र लक्षण महसुस भए सुमयमा नै डाक्टरको परामर्श लिने ।

एन्जाइटीको उपचार के हो ?

मानसिक स्वास्थ्य विशेषज्ञसँगको नियमित परामर्श र उपचारले यो रोग निको हुन्छ । सामान्य एन्जाइटीका लागि थेरापी वा मनोपरामर्शले काम गर्छ ।

बिरामीलाई निकै गाह्रो महसुुस हुने (जटिल खाले रोग) अवस्थामा औषधी लिनुपर्ने पनि हुन सक्छ । यस्तो समस्यालाई सामान्य सोच्दै बस्नाले पछि गम्भीर समस्या पनि निम्त्याउन सक्छ । साथै, सबैले आफ्नो दिनचर्या सुधार्दै खानपानमा पनि विशेष ध्यान दिनुपर्छ ।

प्रस्तुतिः भूमिका विष्ट


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ