२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशबेनी अस्पतालमा विहान ७ बजेदेखि साँझ ८ बजेसम्म ओपीडी सेवा

बेनी अस्पतालमा विहान ७ बजेदेखि साँझ ८ बजेसम्म ओपीडी सेवा

शनिबार र बिदाका दिनमा पनि ओपीडी सेवा दिने


पोखरा—गण्डकी प्रदेशको बेनी अस्पतालले बिहान ७ देखि बेलुका ८ बजेसम्म ओपीडी सेवा दिने भएको छ । दिनको समयमा व्यस्त रहने कर्मचारी, विद्यार्थी, मजदुर र व्यवसायी लक्षित कार्यक्रम भएकाले बिहान र बेलुकाको विस्तारित समयबाट फाइदा लिन सक्ने अस्पतालले जनाएको छ ।

सामान्य चिकित्सा सेवा नाम दिइएको नाम दिइएको उक्त सेवा असोज २१ देखि ३० सम्म परीक्षणका रुपमा सञ्चालन गरिएको थियो । कात्तिक १ गते प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयका मन्त्री सुशीला सिम्खडाले कार्यक्रम शुभारम्भ गरेकी छन् ।

स्वास्थ्य कार्यालय म्याग्दीका एकदेव लम्सालका अनुसार गाइनोकोलोजिस्ट डा. अन्जु थापाको पहलमा कार्यक्रम सुरु भएको हो । डा. थापा बेनी अस्पतालमा निमित्त मेसु रहेकी छन् ।

डा. थापाकाअनुसार यस प्रकारको सेवा नेपालमै दोस्रो बेनी अस्पतालमा रहेको छ । डा. अन्जुले नै पहिलो पटक सुनसरी जिल्लाको चतरामा यसप्रकारको सेवा थालनी गरेकी थिइन् । मेडिकल अधिकृतद्वारा दिइने यो सेवा लिएबापत थप शुल्क तिर्नेपर्ने छैन भने स्वास्थ्य बिमा कार्यक्रसमेत समावेस हुनेछ ।

तर, विशेषज्ञ सेवा भने बिहान ९ देखि ४ बजेसम्ममात्रै सञ्चालन हुनेछ । सामान्य चिकित्सा सेवामा रिफर गर्नुपर्ने, बिहानै खाली पेटमा जाँच गर्नुपर्ने बिरामीलाई विशेष राहत पुग्ने विश्वास अस्पतालले लिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशका अन्य अस्पतालमा पनि यस प्रकारको सेवा विस्तार गरिने जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ