२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीका २ स्वास्थ्यकर्मी सम्मानित

गण्डकीका २ स्वास्थ्यकर्मी सम्मानित


पोखरा—गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका प्रमुख डा. शंकर गौतम र गोरखा अस्पतालका सिनियर नर्स प्रतिमा श्रेष्ठ सम्मानित हुने भएका छन् ।

गत वर्ष कार्यालय उत्कृष्ट भएको थियो भने यस वर्ष प्रदेशको उत्कृष्ट निजामती कर्मचारी सेवा सम्मान गौतमले पाएका छन् । गौतम बिएमएस वि.सं. २०६५ का गोल्डमेडलिस्ट हुन् । बागलुङका गौतम वि.सं. २०७२ सेवा सुरु गरी मुस्ताङ, संघको स्वास्थ्य मन्त्रालय हुँदै मनाङ पुगेका हुन् ।

स्याङ्जा जन्मस्थान भएकी प्रतिमाले २४ वर्ष सेवापछि पहिलोपटक सम्मानित हुने खबर पाउँदा खुसी लागेको बताइन् । दाङबाट सेवा सुरु गरेकी उनले गोरखाका विभिन्न स्वास्थ्य संस्थामा मात्रै १८ वर्ष बिताइन् ।

प्रदेशले गौतम र श्रेष्ठसँगै १० कर्मचारीलाई सम्मान गरेको हो । १ लाख राशिको प्रदेशको सर्वाेत्कृष्ट प्रदेश निजामती पुरस्कार मुख्यमन्त्री कार्यालयका सचिव शम्भुराज रेग्मीले पाएका छन् ।

उनीहरुलाई गणतन्त्र दिवका अवसरमा सम्मान अर्पण गरिने स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव डा. विनोदविन्दु शर्माले जानकारी दिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ