२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगठबन्धनमा मन्त्रालय भागबण्डाबारे आज छलफल हुने, स्वास्थ्य कसको भागमा

गठबन्धनमा मन्त्रालय भागबण्डाबारे आज छलफल हुने, स्वास्थ्य कसको भागमा


काठमाडौं—नयाँ सत्ता गठबन्धन बनेसँगै सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डाबारे छलफल हुने भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनका सहयात्री दलहरु एमाले, माओवादी केन्द्र र रास्वपाका एक/एक जना मन्त्रीलाई सपथ गराएर नयाँ मन्त्रिमण्डल बनाएका छन् ।

एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्यालले विनाविभागीय मन्त्रीका रुपमा सपथ लिएका छन् ।

मन्त्रालयको भागबण्डा नटुंगिएका कारण उनीहरुले बिना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन् । मन्त्रालयको टुंगो लगाउन मंगलबार (आज) दिउँसो २ बजे गठबन्धन दलहरुको कार्यदलको बैठक बस्दैंछ । उक्त कार्यदलमा एमालेका महासचिव शंकर पोखरेल, माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपाबाट स्वर्णिम वाग्ले र जसपाबाट राजेन्द्र श्रेष्ठ छन् ।

गठबन्धनको बैठकले मोटामोटी मन्त्रालयको भागबण्डा टुंगो लगाएपछि शीर्ष नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिनेछन् । त्यसपछि मन्त्रिपरिषद् विस्तार गरेर अगाडि बढ्ने तयारी प्रधानमन्त्रीको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठबन्धनका कुन दलले लिने भन्ने विषयमा पनि टुंगो लागिसकेको छैन् । स्रोतकाअनुसार कार्यदलले गर्ने भागबण्डापछि मात्रै स्वास्थ्य मन्त्रालयको कमाण्ड कसले गर्ने भन्ने निश्चित हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ