२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्तन क्यान्सरको जोखिमलाई कम गराउन के गर्ने?

स्तन क्यान्सरको जोखिमलाई कम गराउन के गर्ने?


क्यान्सर एक त्यस्तो रोग हो, जुन एक ठाउँबाट सुरु भएर बढ्दै बढ्दै अन्य ठाउँमा फैलिदै जान्छ । सामान्यतयाः व्यक्तिलाई हेरर नै व्यक्तिमा क्यान्सर भए नभएको थाहा पाउन सकिदैन । यसका लागि आवश्यक चेक जाँच नै गर्नुपर्ने हुन्छ । जसकारण पनि व्यक्तिमा क्यान्सर धेरै पहिले शुरु भएता पनि यसो पहिचान भने कयौं वर्षपछि मात्रै हुने गर्छ । तसर्थ, स्तन क्यान्सर पनि यी नै क्यान्सरमध्ये एक हो ।

क्यान्सरका कोषिका शरीरमा वर्षाैअघि बन्न शुरु हुन्छ । र, क्रमशः यो लाखौं संख्यामा बढ्दै जान्छ । जसले कालान्तारमा गएर ट्युमरको रुप लिन्छ । यसरी शरीरमा ट्युमर भएर गाँठो भएपश्चात् मात्रै महिलाले आफूमा स्तन क्यान्सर भएको थाहा पाउँछन् । मुम्बईको ब्रीच कैंडि अस्पतालका विशेषज्ञ डा. विनय देशमानेका अनुसार, महिलामा देखिने साझा क्यान्समध्ये एक रहेको यस स्तन

क्यान्सरबाट बच्नका लािग व्यक्तिले मुख्य ३ निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्दछः

सेल्फ एक्जामिनेशन

सामान्यतयाः स्तन क्यान्सरको कुनै पनि शुरुवाती लक्षण हुदैन । ट्युमर महशुस नै गर्न नसकिने गरी सानो पनि हुन सक्ने भएकाले अधिकांशले यसलाई खासै ध्यान दिएका हुदैनन् । यद्यपि, ट्युमर भएको पहिलो संकेतको रुपमा महिलामा स्तनमा गाँठो देखा पर्दछ । र, सो भए वा नभएको जाँच गर्नुपर्छ । यसका लागि सेल्फ एक्जामिनेशन अर्थात्, आफै परीक्षण गर्न सकिन्छ । स्तन वा यसको केहि भागमा श्राव भएको, सुन्निएको वा गाँठो आएको भए यो स्तन क्यान्सरको लक्षण हुनसक्छ ।

गुणस्तरीय जीवनशैली

पोषणयुक्त सन्तुलित भोजन, नियमित व्यायाम, शरीरको सहि वजन केहि उपायहरु हुन् । जुन स्तन क्यान्सरबाट टाढा रहनका लागि अत्यन्तै महत्वपुर्ण मानिन्छ ।

आवश्यक स्तनपान

आफ्ना शिशुलाई उचित र पर्याप्त मात्रामा स्तनपान गराउने महिलामा स्तन क्यान्सरको जोखिमको सम्भावना न्युन रहन्छ । यस्तै, ४० वर्षपछि प्रत्येक वर्ष महिलाले अनिवार्य रुपमा मेमोग्राफी गराउनुपर्छ । यसबाहेक यदि महिलमा केहि कारणवश् स्तन क्यान्सर देखिएमा उपचार स्वरुप महिलाले चिकित्सकको सल्लाह अनुरुप किमोथेरापी, रेडिएशन थेरापी वा हार्माेन थेरापी पनि गर्न सकिन्छ।

-एजेन्सी ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ