२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यदेवदह कलेजको सिट प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर

देवदह कलेजको सिट प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर


काठमाडौं—सर्वोच्च अदालतले देवदह मेडिकल कलेज सिट प्रकरणमा विशेष अदालतको फैसलालाई सदर गरेको छ । बिहीबार सर्वोच्चका न्यायाधीसद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासले विशेष अदालतले गरेको फैसला सदर गरेको हो ।

यससँगै तत्कालीन नेपाल मेडिकल काउन्सिलका सदस्य, आईओएम, केयु र मेडिकल कलेजका १७ जनाले सफाइ पाएका छन् । जसमा नेपाल मेडिकल काउन्सिलका तत्कालीन सदस्यहरु डा. मनोहर प्रधान, डा. अंकुर शाह, डा. अनिलकुमार झा, डा. रोशन पिया, डा. कुलदीप गोइत, काउन्सिल सदस्य तथा उपभोक्ताकर्मी ज्योति बाँनिया, डा. शिवजी पौडेल, केयुका प्रधुम्न श्रेष्ठ, डा. जगदीश चटौत, नेपाल मेडिकल कलेजका प्राध्यापक, रमेशप्रसाद सिंह, काउन्सिलका उपाध्यक्ष डा. अनवर अन्सारी, आइओएमका डा. सतिसकुमार देव, देवदह मेडिकल कलेजका निर्देशक डा. रजनिश जिन्दल र देवदहका तत्कालीन अध्यक्ष निलकण्ठ काफ्ले र सञ्चालक हिमलाल ज्ञवाली रहेका छन् ।

रुपन्देहीस्थित देवदह मेडिकल कलेजलाई एमबीबीएस सिट बाँडफाँड गर्दा ऐन विपरित ४० सिट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले वि.सं. २०७१ माघमा उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो । तर, विशेष अदालतले यो मुद्धामा उनीहरुलाई सफाइ दिएको थियो ।

अख्तियार विशेषको फैसला विरुद्ध ११ पुस २०७३ मा सर्वोच्च अदालत गएको थियो । उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले बिहीबार विशेष अदालतकै फैसलालाई सदर गरिदिएको हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ