२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यविद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यबारे सिकाउँदै ‘सुरुवात’

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यबारे सिकाउँदै ‘सुरुवात’


भक्तपुर—‘सुरुवात’ले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर—किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिका—३ मा रहेको ‘सुरुवात’ले कण्डम दिवसको अवसर पारेर मध्यपुर थिमीको नालान्द विद्यलयका कक्षा ९ र १० मा अध्ययन गर्ने बालबालिकाहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा कक्षा संचालन गरेको हो ।

उक्त कक्षामा किशोर—किशोरी अवस्थामा आउने परिवर्तन सुरक्षित यौन व्यवहार र कण्डमको महत्त्व र उपयोगिताको विषयमा अन्तरक्रिया गरिएको थियो । विद्यालयका कक्षा ९ र १० का ४० विद्यार्थीहरूसँग संस्थाले कण्डमको महत्वको विषयमा अन्तरक्रिया गरेको सुरुवातका अनुसन्धान संयोजक अनुप अधिकारीले जानकारी दिए ।

उनका अनुसार कण्डमको विषय आयो भने शिक्षक—शिक्षिकाले पनि पढाउन हिचकिचाउने अवस्था अझ पनि छ । ‘किशोरावस्थामा यौन तथा प्रजनन स्वास्थ्य आउने परिवर्तनबारे अब पनि किशोर—किशोरीलाई जानकारी नदिने हो भने यसले भविष्यमा ठूलो समस्या ल्याउन सक्छ,’ उनले भने, ‘त्यसकारण सुरुवातले विद्यालयमा नै गएर विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य एव कण्डम प्रयोगका विषयमा जानकारी दिएको हो ।’

हरेक वर्ष कण्डम दिवस मनाइए पनि यसको प्रयोगको विषयमा भने चेतना अभाव रहेको उनले जानकारी बताए । सुरुवातले विद्यालयमा गएर यौन तथा प्रजनन स्वास्थ्यका विषयमा जानकारी दिनुका साथै एचआईभी एड्सजस्ता यौन सम्पर्कबाट सर्ने रोगको संक्रमण कम गराउने, अनिच्छित गर्भ रहनबाट रोक्ने र कण्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जानकारी जानकारी प्रदान गरेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ