२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यके गर्भवती महिलाले कोभिड विरुद्ध खोप लगाउँदा गर्भपातको खतरा हुन्छ ?

के गर्भवती महिलाले कोभिड विरुद्ध खोप लगाउँदा गर्भपातको खतरा हुन्छ ?


कोभिड-१९ विरुद्ध खोप लगाएका मानिसमा कोभिडको गम्भीर संक्रमण र यसको कारणबाट हुने मृत्युको खतरा कम हुने गर्छ। यस्तै, धेरै अध्ययनपछि केहि देशमा गर्भवती महिलालाई पनि खोप दिन सुरु गरिएको छ। यसैबीच गर्भवती महिलाले खोप लगाउँदा गर्भपात हुने खबरहरु फैलिएका छन् जसले  गर्भवती महिलाहरुमा खोप लगाउन हुन्छ वा हुँदैन भन्ने कुराहरुको अन्यौलता छाएको छ।

धेरै गर्भवती महिलाहरु खोप लगाउन चाहँदैनन् किनकी उनीहरु यसले गर्भपात हुन सक्छ कि भन्ने डर पैदा भएको छ।

के यो साँच्चै हो? के खोपले गर्भपात गराउन सक्छ?

गर्भवती महिलाहरुमा भ्याक्सिनको प्रभावको बारेमा अध्ययन गर्ने वैज्ञानिकहरुको एक टोलीले गर्भपात हुने जस्ता समाचारहरुलाई अफवाह भन्दै भ्याक्सिन लगाउँदा गर्भपात नहुने बताएका छन्।

अध्ययनका अनुसार गर्भावस्थामा खोप लगाउनु बिल्कुल सुरक्षित छ। गर्भवती महिलाहरु जो कोभिडको एक मात्रा मात्रै खोप लिएका छन् ती महिलाहरुमा अन्य महिलाको तुलनामा गर्भपात जोखिम हुन सक्छ।

रोग नियन्त्रण र रोकथाम केन्द्रहरु (सीडीसी) र भ्याक्सिन सुरक्षा डाटालिंक (भीएसडी) का अनुसन्धानकर्ताहरुको नेतृत्वमा गरिएको अध्ययन जामा पत्रिकामा प्रकाशित भएको छ। सो अध्ययनमा खोपले गर्भावस्थालाई असर नगर्ने उल्लेख गरिएको छ।

यस अध्ययनको क्रममा ११०५,४४6 महिलाहरुको १५ डिसेम्बर २०२० देखि २ जून २०२१ सम्म जाँचगरिएको थियो । यी मध्ये १३,१६०० को गर्भपात भएको थियो जबकि ९२ हजार २ सय ८६ जना गर्भवती थिए। यी मध्ये १४.३ प्रतिशत महिलाले खोपको कम्तीमा एउटा मात्रा पाएका थिए। टोलीले नियमित अन्तरालमा महिलाहरुको अवस्था जाँच्यो। अध्ययनमा, वैज्ञानिकहरुले पत्ता लगाए कि गर्भपतन भएका अधिकांश महिलाहरुलाई खोप लगाइएको थिएन।

सो रिपोर्टको आधारलाई लिएर येल विश्वविद्यालयका एक प्रसूति तथा स्त्री रोग विशेषज्ञ हीथर एस लिपकाइंड भन्छन्, ‘यी डाटा गर्भवती महिलाहरुको लागि खोप अभियानको कति आवश्यकता छ भनेर सूचित गर्नका लागी प्रयोग गर्न सकिनेछ।’

‘यस तथ्यांकलाई आधार मान्ने हो भने गर्भवती महिलामा अनेक कारणबाट गर्भपातको खतरा ११ -१६ प्रतिशतसम्म रहन्छ। यस अध्ययनबाट खोप प्राप्त गरिसकेका गर्भवती महिलाको गर्भपातको दर सामान्य सिमाभित्र १२. ८ प्रतिशतसम्म रहने हुँदा खोपले गर्भपातमा असर गर्छ भन्नु गलत हुन्छ, ‘अध्ययन गर्ने एक विज्ञले भने।

२० देखि २९ वर्षीया महिलाहरुमा गर्भपतनको जोखिम ९.८ प्रतिशत हुन्छ, जबकि ४० वर्ष वा माथिका महिलाहरुमा २८.८ प्रतिशतसम्म हुन सक्छ। खोपले भ्रूणमा असर पार्ने कुनै प्रमाण छैन।

गर्भावस्थामा कोभिड खोपको आवश्यकता

विज्ञका अनुसार ३५ वर्ष वा सोभन्दा बढी उमेरमा गर्भधारण गर्ने महिलाहरुमा गर्भपातको उच्च जोखिम हुन्छ। कोरोना भ्याक्सिन गर्भवती महिलाहरुलाई गम्भीर संक्रमणबाट बचाउन सहयोग गर्छ । संक्रमणको जोखिम गर्भावस्थाको समयमा उच्च हुने हुँदा कुनै समाचारमा ध्यान नदिई सबै मानिसहरुले सकेसम्म चाँडो खोप लगाउनु पर्ने अनुसन्धानकर्ताहरुको सुझाव छ।

जामा नेटवर्क 


क्याटेगोरी : अन्य, जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ