२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसमस्या बताउन नसक्ने उमेरका बालबालिकाको उपचार र सुरक्षा कसरी गर्ने ?

समस्या बताउन नसक्ने उमेरका बालबालिकाको उपचार र सुरक्षा कसरी गर्ने ?


पोखरा—डा. नम्रता केसी पोखरास्थित गण्डकी मेडिकल कलेजमा विगत ७ वर्षदेखि एसोसिएट प्रोफेसर कन्सल्टेन्ट पेडियाट्रिसियनका रुपमा कार्यरत छन् । उनले पद्म नर्सिङमा समेत करिब ४ देखि सेवा दिइरहेकी छिन् । पोखराको शिशुनिकेतनबाट एसएलसी, एसओएस हर्मन माइनरबाट प्लस टु र मणिपालबाट एमबीबीएस पूरा गरेकी उनले मेडिकल अधिकृतका रुपमा मणिपाल शिक्षण अस्पतालमा केही समय काम गरिन् । उनले नेसनल मेडिकल कलेज वीरगंजबाट पेडियाट्रिक्समा विशेषज्ञता हासिल गरेकी छन् । डा. केसीसँग २ वर्षभित्रका बच्चा बिरामीको कसरी सुरक्षा गर्ने भन्नेबारे सुनील सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

साना बच्चा बोलेर आफ्ना समस्या बताउन सक्दैनन् । श्वासप्रश्वासमा अन्तर आउँदा अघिल्ला दिनहरु र पछिल्ला दिनको श्वासप्रश्वासको अन्तर आमाले थाहा पाउनुपर्छ । बच्चाले ठूला मानिसकोजस्तो मुखबाट धेरै श्वासप्रश्वास गर्दैनन् । श्वासप्रश्वास नाकबाट मात्रै गर्ने गर्छन्, नाकको एउटामात्रै प्वाल बन्द हुनासाथ छिटो—छिटो श्वासप्रश्वास गर्ने गर्छन् । बिरामी बच्चाको लक्षण र व्यवहार आमाले हेरेर, महसुस गरेर विशेषज्ञसँग भेट गराउनुपर्छ ।

हामी कहाँ श्वासप्रश्वास र झाडापखाला प्रमुख समस्या हुन् । झाडापखाला तथा वान्ता के कारणले भयो भनेर सामान्य व्यवहार ख्याल गर्नुपर्छ । धेरै खुवाएर पनि बान्ता हुन्छ, पेटको खराबीले बान्ता हो कि धेरै खुवाएर भन्ने बच्चाको आमाले छुट्याउन सक्नुपर्छ । दिशा पातलो हुने, खाना नखाने, धेरै रुने, आमाको दूध नचुस्ने, बच्चा नीलो हुने्, सामान्यभन्दा आवाज निकाल्ने अवस्थामा चिकित्सकको परामर्श लिनुपर्छ ।

जन्मनेबित्तिकै पनि जन्डिस देखिने अवस्था हुन्छ । बच्चाको लिभर विकास भइसकेको हुँदैन, बिलुरुविन दिशा पिसाबबाट फाल्नुपर्ने हुन्छ । लिभरको क्षमता विकास नहुँदा इन्जाइमको विकास हुँदै गर्दा देखिने यो जन्डिस आमाले खानपिन बारेर, औषधी खुवाएर, जडिबुटी आएर निको हुँदैन् । त्यसले लिभरलाई झन बिगारेको हुन्छ । त्यसको आफ्नै कोर्ष हुन्छ, त्यस्तो अवस्थामा हामी फोटो थेरापी गर्छाैं ।

अर्काे खानपानपछि जन्डिस देखिन्छ । धेरैचाहिँ हामीले हेपाटाइटिस भनिरहेका हुन्छौं । त्यो भाइरल हुन्छ । हेपाटाइटिस ए फिकोओरल रुट (मैलो पानी. हात, दिशा पिसाब) बाट जाने हुन्छ । आमाबाट आउने जन्डिस अर्काे भयो । बच्चामा पहेँलोपन देखिनासाथ डाक्टरकहाँ गइहाल्नुपर्छ ।

हाम्रो समाज हेर्दा जटिल अवस्थामा पुगेपछि मात्रै डाक्टर कहाँ पुग्ने गरेको देखिन्छ । फार्मेसीबाट एक झोला औषधी खुवाइसकेपछि डाक्टर भेट्नु गल्ती हो । सामान्य औषधी सिटामोटलगायतका बाहेक खवाउनु हुँदैन । जथाभावी औषधी खुवाउँदा औषधीले ठिक काम गर्दैन, साइड इफेक्ट हुन्छ । औषधी अधिक प्रयोगले रेजिस्टेन्स बढेको छ, नचाहिँदो औषधीले समस्या उब्जिरहेका छन् ।

बच्चा ३ महिनासम्म (सेफसिस) का बच्चा रुघाखोकीका कारण निमोनियाका समस्या देखिन सक्छ ।

२ वर्षमुनिका बच्चालाई ‘बु्रक्योलाइटिस’ भन्छौं फोक्सोको सानो भाग खुम्चियो भने श्वासप्रश्वास समस्या हुन्छ । भाइरल एक्युट रेस्प्रिरिटी इन्फेक्सन देखिएका छन् । झाडाबान्ता, जन्डिस, हेपाटाइटिस देखिने हुन्छ । ब्याक्टेरियाले दिशामा रगत देखिने हुन्छ ।

हामी सबैलाई भाइरल भन्छौं । तर, भाइरल विभिन्न किसिमको हुन्छ । भाइरसले शरीरका विभिन्न अंगमा संक्रमण हुन सक्छ । दिमागमा हुने संक्रमणलाई एन्केफ्लाइटिस, छातीमा संक्रमण भए निमोनाटिस/निमोनिया, घाँटीमा भए टन्सिलाइटिस/पेरेन्जाइटिस हुने गर्छ । मुटुमा संक्रमण भएको मायोकार्डाइटिस हुन्छ ।

पछिल्लो समय कमन भनेको मोबाइललगायत वस्तुले बिहेबियरल समस्या निम्त्याएको देखिन्छ । यो समयमै बुझ्न जरुरी छ । बिना प्रेस्क्रिप्सन औषधी खुवाउनु हुन्न । पूरा मात्रा औषधी खुवाउनु पर्छ । पौष्टिक आहारामा जोड दिनुपर्छ । विशेषज्ञ डाक्टरको सिफारिस बिना औषधी खुवाउँदा निको हुनुको सट्टा रोग बल्झिने र समस्या बढ्ने हुन्छ । सरसफाइमा चनाखो हुनुपर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ