२०७९ असोज १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडेंगी/डेंगु हुँदा कुन परीक्षण किन गर्ने ?

डेंगी/डेंगु हुँदा कुन परीक्षण किन गर्ने ?


यतिखेर नेपालमा डेंगु महामारीकै रुपमा फैलिरहेको छ । डेंगु हुँदा उच्च ज्वरो आउने गर्छ । जस्तैः १०२—१०३ डिग्रीको हाराहारी ज्वरो आउने हुन्छ । र ज्वरो आउने क्रम दुईदेखि तीन दिन हुन्छ ।

डेंगु संक्रमण हुँदा जिउँ दुख्ने समस्या हुन्छ । यसबाहेक ढाड दुख्ने ,जोर्नीहरु दुख्ने, आलस्यपन हुने, कसैलाई वाकवाकी हुने, कसैलाई डाइरिया हुने जस्ता लक्षणहरु हुन्छन् । डेंगु संक्रमण हुँदा हुने मुख्य प्रभाव भनेको ज्वरो आउनु नै हो ।  कुनैमा एक दिन मात्र ज्वरो आएर ठिक भएको पनि पाइएको छ ।

के-के परीक्षण गर्ने ?

डेंगु परीक्षण गर्दा एनएस वान  (NS1), आईजीएम (IgM) र आईजीजी (IgG)  परीक्षण गर्नुपर्ने हुन्छ । एनएस वान मात्रै गरे पनि हुन्छ किनकी एनएस वानले इन्फेक्सन भएको छ कि छैन भन्ने थाहा हुन्छ ।

लामखुट्टेले टोकेपछि सामान्यतयाः चार दिनपछि ज्वरो आउँछ । ज्वरो आएको एक हप्तासम्म एनएस वान पोजेटिभ आउँछ । त्यो बेला नै गराउँदा एनएस वान पोजेटिभ देखिन्छ । ज्वरो आएको भोलिपल्ट नै परीक्षण गराउँदा कहिलेकाही भाइरल लोड धेरै नभएको बेला भाइरस नदेखिन सक्छ । त्यसकारण ज्वरो आएको १, २ दिनपछि जाँच गराउन सल्लाह दिन्छौं ।

त्यसपछि अर्को आईजीएम भन्ने हुन्छ । एनएस वान चाहिँ भाइरसको एन्टिजेन हो । भाइरसको एन्टिजेन पोजेटिभ भएको केही पछि आईजीएम बन्छ । विस्तारै आईजीजीको मात्रा पनि बढदै जान्छ ।

धेरै जनाले एनएस वान मात्रै गराउँदा पनि भैहाल्छ नि भन्ने गर्छन् । खासमा यी ३ वटा परीक्षण किन गराउँछौ भन्दा कहिलेकाहीँ एनएस वान पोजेटिभिटीको समय गैसकेको रहेछ भने आईजीएम पोजेटिभ आउँछ । र, पहिला पनि डेंगु भैसकेको भए त्यो बेला खतरा बढछ, त्यो पनि पत्ता लगाउँन सकिन्छ । त्सकारण नै ‘कम्बो टेस्ट’ गरिन्छ ।

साथै गर्नुपर्ने  अर्को परीक्षण सिबीसी (CBC) हो, किनभन्दा डेंगु भाइरसले हाम्रो बोनम्यारो सप्रेसन गर्छ । सप्रेसन गरेपछि त्यसले टोटल काउन्ट तथा प्लेटलेसहरु घटाउँदैं जान्छ । प्लेटलेट्सहरु धेरै घट्यो भने प्लेटलेट्स चढाउनुपर्ने हुन सक्छ । त्यसले गर्दा प्लेटलेट्स काउन्ट दुईदेखि तीन दिनमा हेरिरहनुपर्छ ।

यसका साथै हेमाटोक्रेट किन महत्वपूर्ण छ भने जिउको भेसल्सहरुबाट विस्तारै प्लाज्मा वा झोल पदार्थहरु लिक हुँदै गएपछि रातो रक्तकोष धेरै भएको संकेत देखिन सक्छ । त्यो धेरै देखिनुको संकेत शरीरमा पानीको मात्रा कम भन्ने देखाउँछ । त्यो बेला डेंगु हेमोरेजिक फिवर या डेंगु सकमा पनि जान सक्छ । त्यसले गर्दा कम्प्लिट सिबीसी परीक्षण गर्दा सबैभन्दा राम्रो हुन्छ ।

अर्को, महत्वपूर्ण लिभरफंग्सन (कलेजोको जाँच) टेस्टमा एसजीओटी र एसजीपीटी दुवै एकदमै महत्वपूर्ण हो । यो भाइरसले गर्दा बढ्छ । तर, धेरै बढ्यो भने १५ गुणाले पनि बढन सक्छ, कसैको ५० सम्म नर्मल हो भने त्यसको १५ गुणामाथिसम्म पनि बढेको आलेखहरुका देखाइएको छ । हामीले पनि ४ देखि ६ गुणासम्म बढेको देखेका छौं । तर, त्यो विस्तारै ठिक हुँदै जान्छ, २-३ हप्तामा ठिक भएन भने लिभर फेलियरमा पनि गइसकेको हुन्छ । यसै कारणले गर्दा डेंगुमा हामीले हप्ता दिन विशेष सतर्कताका साथ हेर्नुपर्छ र आवश्यकताअनुसार माथिका परीक्षणहरु गराउनुपर्छ ।

(प्थाथालोजिष्ट डा. गौतम सम्यक डाइग्नोष्टिकका अध्यक्ष हुन् ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)