गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ सर्ने/नसर्ने रोग ∕ कसरी बच्ने गर्मीमा लाग्ने रोगहरुबाट ? कसरी बच्ने गर्मीमा लाग्ने रोगहरुबाट ? हेल्थ आवाज बुधबार, २०७६ भदौ ४ गते, ०७:२१ मा प्रकाशित डा. महेन्द्र अग्रहरी इन्टरनल मेडिसिन, भरतपुर अस्पताल हामीमध्ये धेरैले याद गरेको हुनुपर्छ, जाडोयाममा भन्दा गर्मीयाममा बाहिरी वातावरणका कारण धेरै नै बिरामी हुने गर्दछौं । गर्मीको उच्च तापक्रमका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा हामी प्रायः जसो गर्मीयाममा बढी बिरामी पर्ने गर्दछौं । एकै किसिमको जीवनशैली र खानपान हुँदाहुँदै पनि गर्मीमा धेरै बिरामी पर्ने भएकोले हामीले समयमा स्वस्थ्य रहने अनेकौं उपायहरु अपनाउनु पर्दछ । चिसोमा भन्दा तातो समयमा तुलनात्मक रुपमा भाइरसहरु एक्टीभ रहने हुँदा गर्मीमा रोगहरुले छिट्टै समात्ने गर्दछन् । खानपानमा उचित ध्यान दिँदादिँदै पनि हाम्रो अन्य क्रियाकलाप तथा जीवनशैलीका कारण प्रभाव पार्ने हुँदा हामीले गर्मीयाममा आफ्नो शरीरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मीमा विशेषगरी निम्न रोगहरु देखा पर्दछन्ः भाइरल ज्वरो डेंगु ज्वरो रुघाखोकी निमोनिया झाडाबान्ता रोकथाम तथा बच्ने उपाय प्रदूषित हावा तथा वातावरणका कारण लाग्ने यस्ता रोगहरुबाट हामीले बेलैमा सावधानी अपनाएको खण्डमा बच्न पनि सक्छौं । त्यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छः शुद्ध पानीको सेवन अत्याधिक मात्रामा गर्ने खानपिनमा विशेष ध्यान दिने ताजा र सफा खानपिनमा जोड दिने सागसब्जीको बढी प्रयोग गर्ने सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने राति सुत्दा झुलको प्रयोग गर्ने सकेसम्म खाटमा सुत्ने घाममा हिँड्दा छाता वा अन्य केहीको प्रयोगले टाउको ढाक्ने सरसफाइमा विशेष ध्यान दिने लामखुट्टेको टोकाइबाट जोगिने खाली खुट्टा नहिड्ने । प्रस्तुती : सृजना मगर क्याटेगोरी : सर्ने/नसर्ने रोग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुटुलाई कमजोर पार्ने पल्मोनरी हाइपरटेन्सन कस्तो रोग ? जाडोमा निमोनियाले कस्ता व्यक्तिलाई सताउँछ ? कसरी बच्ने ? चिसोमा कम्मर दुखाइबाट कसरी बच्ने ? ठूलो प्रश्न: सन् २०३०सम्ममा एड्समाथि विजय प्राप्त हुनेछ ? सर्वेक्षणले… जाडोमा किन दुख्छ घुँडा ? यसबाट कसरी बच्ने ? डा. अजयको सल्लाह : रुघाखोकीबाट हुने एलर्जीबाट कसरी बच्ने ? धेरै पढिएका १ ३९ वर्षीय डा. काजनले ५ करोड लगानीमा सञ्चालनमा ल्याए ‘प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक’ २ मो:मो अड्किएर एकको मृत्यु ३ डाक्टर नहुँदा स्वास्थ्यकर्मीले नै शल्यक्रिया गरेर गर्भभित्रै बच्चाको टाउको छोडिदिए पछि.. ४ गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछु : प्रधानमन्त्री देउवा ५ निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट ६ डा. दीपमालाले ल्याइन् श्रीद्धि आईभीएफ, भन्छिन्, ‘निःसन्तानलाई सन्तान सुख दिन पाउँदा खुसी लाग्छ’ ७ ५८ वटा विदेशी औषधी डब्लुएचओ–जिएमपी अडिटका लागि स्वीकृत ट्रेण्डिङ ५ वर्षदेखि अन्धकारमय जीवन बिताइरहेका ७२ वर्षीय खेम्चोकसँगै जब १०७ जनाले पुनः दृष्टि पाए उच्च रक्तचाप नियन्त्रणका लागि योग भिडियो रिपोर्टः दुवै मिर्गौला फेल भएका बिरामीको नेपालमै पहिलो पटक मुटुको जटिल शल्यक्रिया चीनमा पुनः लकडाउन घोषणा सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनबाट पूर्णतया नन कोभिड सेवा सुचारू १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल नियमित गोलभेंडा खाँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि ५ वर्षदेखि अन्धकारमय जीवन बिताइरहेका ७२ वर्षीय खेम्चोकसँगै जब १०७ जनाले पुनः दृष्टि पाए उच्च रक्तचाप नियन्त्रणका लागि योग भिडियो रिपोर्टः दुवै मिर्गौला फेल भएका बिरामीको नेपालमै पहिलो पटक मुटुको जटिल शल्यक्रिया चीनमा पुनः लकडाउन घोषणा सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनबाट पूर्णतया नन कोभिड सेवा सुचारू १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल नियमित गोलभेंडा खाँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि