गृहपृष्ठ ∕ कर्पोरेट ∕ गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच हेल्थ आवाज बिहीबार, २०७६ माघ १६ गते, ११:१८ मा प्रकाशित बुटवल—बुटवलको एक निजी उपचार केन्द्रले सामाजिक उत्तरदायित्वसहित जेष्ठ नागरिक र शुल्क तिर्न नसक्ने विरामीको निःशुल्क चेकजाँच गरेको छ । अस्पताल लाइनमा सञ्चालनमा आएको गोल्ड मेडिक्रस हेल्थ केयर सेन्टरले ७० वर्ष उमेर माथिका सबै जेष्ठ नागरिक र शुल्क तिर्न नसक्ने विपन्न वर्गलाई सधैभरि निःशुल्क चेकजाँच गरेको हो । रकमको अभावमा औषधि किन्न नसक्ने विपन्नलाई औषधि पनि निःशुल्क दिने संस्थाको नीति रहेको सञ्चालक यादव कार्कीले बताए । विद्यमान अवस्थामा सरकारी स्वास्थ्य संस्थाहरुले मात्रै सबै बिरामीलाई उपचार सेवा पु¥याउन नसकिरहेको अवस्था रहेकाले स्वास्थ्य र शिक्षा क्षेत्रका सातजना व्यक्तिले एक करोड २० लाख रुपैयाँ लगानी गरेर हेल्थ केयर सेन्टर सञ्चालनमा ल्याइएको कार्कीले बताए । हेल्थ केयर सेन्टरमा १० जना विशेषज्ञ डाक्टरहरुले बिरामीको चेकजाँच गर्ने कार्कीले बताए । सेन्टरलाई ओपीडी अर्थात वहिरंग उपचार सेवा केन्द्रका रुपमा स्थापित गर्ने र बिरामीलाई छिटोछरितो र विश्वसनीय सेवा दिने लक्ष्य रहेको कार्कीले बताए । सेवा शुभारम्भका अवसरमा माघ ६ गतेदेखि ८ गतेसम्म तीन दिन सबै विरामीको चेकजाँच (डाक्टरको शुल्क) निःशुल्क गरिएको र युरिक एसिड तथा मधुमेह (सुगर) रोगको परीक्षण पनि निःशुल्क गरेको कार्कीले जानकारी गराए । होल बडी चेकजाँच र भिडियो एक्सरे शुल्कमा पनि ५० प्रतिशत छुट गरेको उनले बताए । क्याटेगोरी : कर्पोरेट, लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु