२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा खोप अभियान सुरु, २५ केन्द्रबाट खोप लगाइदै

प्रदेश १ मा खोप अभियान सुरु, २५ केन्द्रबाट खोप लगाइदै


विराटनगर – प्रदेश १ मा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार विराटनगरस्थित कोशी अस्पतालका सुपरिटेन्डेन्ड डा. चुमनलाल दास र कोभिड अस्पतालका प्रमुख डा. दिपक सिग्देलले कोराना विरुद्धको खोप लगाएर प्रदेशमा अभियान सुरू भएको हो ।

प्रदेशको १४ जिल्लामा २५ वटा खोपकेन्द्रहरूबाट ३५ हजार ५ सय ७६ जनलाई कोरोना विरुद्धको खोप लगाउने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार बुधबार प्रदेशको ८ जिल्लाको १९ केन्द्रमा रहेको खोप केन्द्रबाट खोप लगाउने बताए ।

पहिलो चरणमा ७ हजार ९ सय ९७ जना सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, ५ हजार ७ सय ३१ जना निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, ८ हजार ५ सय २८ जना महिला स्वयमसेविका र ७ हजार २५ जना सरसफाइ कर्मचारीलाई खोप लगाउने तयारी गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पहिलो दिन ५ सय ८२ जना चिकित्सकलाई कोरोना विरुद्धको खोप लगाउने निर्देशानलयका प्रमुख बस्नेतलले जानकारी दिए । मोरङमा चार वटा खोप केन्द्रबाट कोराना विरुद्धको खोप लगाउने केन्द्र तोकिएको छ । मोरङको कोशी अस्पतालको कोभिड उपचार केन्द्र, विराटनगरस्थित नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र रंगेली अस्पतालमा केन्द्र तोकिएको छ ।

यस्तै, सुनसरीमा धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठान, विजयपुर अस्पताल, सुनसरी जिल्ला अस्पताल र इनरुवा अस्पतालमामा खोप केन्द्र तोकिएको छ । यस्तै झापामा पनि चार वटा खोप केन्द्र ताकिएको छ । स्वास्थ्य निर्देशानलायका प्रमुख बस्नेतका अनुसार बुधबार १४ जिल्ला मध्ये ८ वटा जिल्लामा १९ वटा खोप केन्द्र स्थापना भएको जानकारी दिए ।

बिहीबार चारवटा जिल्लामा माघ १६ गते ४ वटा जिल्लामा खोप केन्द्र स्थापना हुनेछ । प्रदेश १ मा ९६ हजार डोज खोप आएको छ । ‘सबै जिल्लामा कोरोना विरुद्धको खोप पुगेको छ,’ स्वास्थ्य निर्देशनालयका प्रमुख बस्नेतले भने, ‘पहाडी र हिमाली जिल्लामा दुई दिन पछि खोप अभियान सुरू हुनेछ ।’

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापक खटिने कर्मचारी, एम्बुलेन चालक र असपतालका कार्यरत कर्मचारीलाई खोप लगाउने तयारी मन्त्रालयले जनाएको छ ।

प्रदेशमा प्रमुख जिल्ला अधिकारीको समन्वयनमा खोप समिति बनेको छ । खोप लगाएपछि हुनसक्ने सम्भाबित घटनाको व्यवस्थापनमा लागि पनि टिम बनाएको छ । खोप लगाउन स्वास्थ्यकर्मीहरूलाई पनि तालिम दिएको छ । प्रत्येक खोप केन्द्रमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी रहनेछन् ।

अहिले खोप केन्द्रमा ७ जना स्वास्थ्यकर्मी रहेका छन् । खोप लगाउँदा कुनै साइट-इफेक्ट भएको खण्डमा उपचार गर्नको लागि रिफरल सेन्टरको रुपमा अस्पताल पनि तोकिएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोडिभ उपचार केन्द्र र धरानको बिपी प्रतिष्ठान तोकिएको छ ।

कोभिड विरुद्धको खोप लगाइसकेपछि कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले भ्याक्सीन सुरक्षित रहेकाले डराउनु नपर्ने बताए । उनले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताए । पहिलो खोप लगाएको २८ दिनपछि दोश्रो खोप लगाए ५ महिनासम्म सुरक्षित रहन सकिने उनको भनाई छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ