२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यवर्षा ऋतुमा यौनको विशेष महत्व हुनुका ६ कारण

वर्षा ऋतुमा यौनको विशेष महत्व हुनुका ६ कारण


मनसुनको सिजन आफैंमा रोमान्टिक सिजन हो । रिमझिम पानीमा प्रेमिका र मायालुसँगको आत्मीय सम्बन्धको कल्पनाले मात्र पनि मादक अनुभूति गराउँछ । कुनै यस्तो दिन अथवा मौसम छैन्, जब जोडीबीच यौन सम्बन्धको आकांक्षा नहोस् । तर, अन्य मौसमभन्दा वर्षायाममा यौन अझ बढी आनन्ददायक र रोमान्टिक अनुभूति दिलाउँछ । आखिर किन ?

१. न्यानोपनाका लागि
वर्षाको पानीले चिसिएको शरीर न्यानो राख्न आवश्यक हुन्छ । बाहिर मेघ गर्जंदै पानी परिरहेको सुन्दर र मनोरम वातावरणमा भित्र जोडीहरुबीच प्रेमको वर्षा विशेष आनन्ददायी मानिन्छ ।

२. आनन्ददायी मौसम
वर्षाले मौसमलाई सुखद् र आनन्ददायी बनाउँछ । यसैले पनि काम वासनापूर्ति गर्नका लागि यो विशेष मौसम छ । मन्द—मन्द चल्ने बतास र पानीका साना थोपाको स्पर्शले सम्पूर्ण वातावरणलाई चिसो बनाइरहेको अवस्थामा तपाईंको सेक्स चाहना बढ्ने सम्भावना बढी हुन्छ ।

३. आगो र पानी
जब दुई शरीरको आवेगले उत्पन्न हुने ताप र वर्षाबीच घर्षण हुन्छ । तब त्यहाँ सेक्स मात्र सम्भव हुन्छ । जब विशेष जादु पैदा गर्न प्राकृतिक शक्तिहरुबीच संघर्ष हुन्छ तब नै सेक्स अर्थपूर्ण र आनन्ददायक हुन्छ ।

४. चिसा कपडा
मानव शरीर चिसा कपडाले बेरिनु आफैंमा काम उत्तेजना पैदा गर्ने माध्यम बन्छन् । आफ्नो पार्टनर पूर्ण रुपले भिजेको दृश्यले जो कोहीलाई पनि स्वतः उत्तेजित गर्छ नै । यो इन्द्रीय शान्त गर्ने एक दृश्य हो ।

५. उपयुक्त मौसम
गर्मी मौसम सुख्खा र अधिक तातो हुन्छ । बढी पसिना आउने भएकाले धेरै मानिस सेक्सका लागि यो मौसम उपयुक्त मान्दैनन् । जाडो मौसममा पनि चिसोका कारण जोडीहरु सेक्सका लागि अनिच्छुक हुन्छन् । त्यसैले शरीर र मनको आराम र आनन्दका लागि वर्षा ऋतु प्रकृतिको उपहार सावित भएको छ । यौन आनन्द अत्याधिक लिनका लागि यो सिजन पर्फेक्ट हुन्छ ।

६. संगीत
के तपाईं भन्न सक्नुहुन्छ, प्रेम र रोमान्सका विषयमा वर्षाबाहेक अन्य कुन मौसमका बारेमा गीत रचिएका छन् ? विश्वका जुनसुकै भाषाका गीत सुन्नुहोस, वर्षा र रोमान्सका विषयमा प्रशस्त गीत संगीत भेट्नुहुनेछ । संगीतले सेक्सको विशेष क्षणमा यस्तो माहोल सिर्जना गर्ने छ कि मानव कल्पनाको संसार सत्य प्रतीत हुन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ