२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यस्वस्थ यौन जीवनका लागि अपनाउनुहोस् ४ उपाय

स्वस्थ यौन जीवनका लागि अपनाउनुहोस् ४ उपाय


यौन सम्पर्कपछि सबैलाई अल्छी वा निन्द्रा लाग्न थाल्छ । के तपाईलाई थाहा छ स्वस्थ यौन जीवनका लागि राम्रो यौन स्वच्छता अपनाउनुपर्छ । यौन स्वास्थ्य अक्सर मानिसहरु नजरअन्दाज गर्छन् । खराब यौन स्वास्थ्य कारण मुत्रनलीमा संक्रमण, यौन संक्रमित बिरामी, छाला, जलन वा फंगल इन्फेक्सनजस्ता समस्या देखिन्छन् ।

यस्ता कुनै पनि अस्वस्थतालाई रोक्नका लागि विशेष रुपमा सम्भोगपछि आफ्नो यौन स्वास्थ्यको राख्नु निकै महत्वपूर्ण हुन्छ । किनभने, यौन सम्पर्कपछि इन्फेक्सन हुने सम्भावना बढी रहन्छ । भ्याक्टेरिया, संक्रमण रोक्नका लागि स्वच्छतामा ध्यान दिनु जरुरी हुन्छ ।

नयाँ दिल्लीस्थित स्त्रीरोग विशेषज्ञ डा. पुष्पा चन्द्राले यौन सम्पर्कपछिको स्वच्छताका विषयमा एनडिटिभी डटकममा केही टिप्स दिएकी छन्

१. यौन सम्पर्कपछि पिसाब गर्नु

हेल्दी सेक्सका लागि सामान्य नियम सम्भोगपछि तुरुन्त पिसाब गर्नु हो । यसबाट तपाईको योन सम्बन्धका कारण आफ्नो मुत्रनलीको नजिक आउने ब्याकटेरियालाई स्वभाविक रुपमा सफा गर्न सहयोग पुग्छ । यसकारण इन्टरकोर्स पहिला वा पछि पिसाब गर्नु आवश्यक छ । यसबाट गम्भीर संक्रमणबाट बच्न सकिन्छ ।

२. आफूलाई सफा राख्नु

एक लामो र सुखद् यौन गतिविधीपछि ट्वाइलेट पेपर, टिस्यु पेपर, कमलो कपडा अथवा एक सफा तौलियाले आफूलाई सफा गर्नुपर्छ । यसले तपाईलाई सफा महसुस गर्नमा सहयोग गर्न सक्छ । यसका अलावा यसबाट यौन सम्पर्कपछि हुने संक्रमणको सम्भावना पनि कम हुन्छ ।

३. भित्री वस्त्रहरु सफा गर्नु

यौन सम्पर्कपछि वा अघि सफा अन्डरवेयरलगायतका वस्त्रहरु पहिरिन आवश्यक छ । अन्य दिनमा पनि सफा अन्डरवेयरको प्रयोग गर्नुपर्छ । लामो समयसम्म एकै अन्डरवेयर पहिरिनाले ब्याक्टेरियालाई जन्म दिन सक्छ र दुवैजनालाई संक्रमण हुन सक्छ ।

४. केवल सेक्सुअल हाइजिनयुक्त टिस्यु पेपरको प्रयोग

सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि तपाईको यौनांग हात र अनुहारको छालाभन्दा पनि निकै संवेदनशील हुन्छ । त्यसकारण यौन सम्पर्कपछि यौनांग सफा गर्नका लागि रेगुलर टिस्यु पेपरको प्रयोग गर्नु उपयुक्त हुँदैन् । सधैं सेनेटरी टिस्यु पेपर वा सेक्सुअल हाइजिनयुक्त टिस्यु पेपरको प्रयोग गर्नु आवश्यक छ । यसका साथै कपडाले आफ्नो यौनांग रगडनु हुँदैन, विस्तारै सफा गर्नुपर्छ ।


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ