२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोरोना परिक्षण प्रयोगशालाका उपकरण धनगढी पुगे

कोरोना परिक्षण प्रयोगशालाका उपकरण धनगढी पुगे


धनगढी-संघीय सरकारले कोरोना भाइरसका सम्भावित बिरामीको नमूना परिक्षणका लागि खरिद गरेको प्रयोगशालाका सामाग्री सुदूरपश्चिम पठाएको छ । चीनबाट खरिद गरी ल्याइएका प्रयोगशालाका उपकरण र पाँच जना स्वास्थ्यकर्मीको टोली संघीय सरकारले हेलिकप्टरमार्फत धनगढी पठाएको हो ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले नेपाली सेनाको हेलिकोप्टर प्रयोगशालाका उपकरण लिएर धनगढीमा आएको बताए । संघीय सरकारले प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाएको थियो ।

सेती प्रादेशिक अस्पतालले कोरोना भाइरसका लागि उपकरण धनगढी पुगेको र भोलिबाटै परिक्षण सुरु हुने सम्भावना रहेको विज्ञ टोलीले जनाएको छ । उक्त उपकरणबाट कोरोना भाइरसको परिक्षण दुई, तीन घण्टा भित्रै हुनेछ ।

मलिक्युलर डायग्नोसिस विज्ञ सुनिलप्रसाद लेखक र धनगढीमा रहेका प्राबिधिकको समेत सहयोगमा परिक्षण हुनेछ । उक्त उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपछि धनगढी पठाइएको हो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ