२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोभिड–१९ नियन्त्रणमा सुदूरपश्चिम सरकार

कोभिड–१९ नियन्त्रणमा सुदूरपश्चिम सरकार


कैलाली – सुदूरपश्चिम सरकारले खडा गरेको कोरोना भाईरस जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा ४० करोड २७ लाख १६ हजार पाँच सय ५१ रुपैँया जम्मा भएको छ । कोषमा प्रदेश सरकारको ४० करोड समेत गरी हाल सम्म उक्त रकम जम्मा भएको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले जानकारी दिएका छन् ।

मन्त्री बोहराले फेसबुक पेजबाट लाईभ दिदै कोषमा हाल सम्म जम्मा भएको रकम बारे जानकारी दिएका हुन् । उनका अनुसार कोराना जोखिम नियन्त्रण कोषमा सिद्धार्थ बैँक लिमिटेडले १० लाख, सिटिजन्स बैँकले ७ लाख, कृषि विकास बैँक र नेपाल बैँक लिमिटेडले ५र५ लाख रकम सहयोग गरेको छ ।

यस्तै कोषमा धनगढीका आठ जनाले पनि १६ हजार पाँच सय ५१ रुपँैया जम्मा गरेको मन्त्री बोहराले बताएका छन् । उनका अनुसार केही बैँक तथा वित्तिय संस्थाले समेत सहयोग घोषणा गरेका छन् । घोषित रकम प्राप्त भए खातामा ४० करोड ४२ लाख बढि रकम जम्मा हुने उनले बताए ।

सेति प्रादेशिक अस्पतालमा कोरोना परिक्षणका लागि उपकरण जडान सुरु, एक घण्टामै रिपोर्ट आउने

कोरोना भाइरस (कोभिड १९) जाँच गर्ने मेसिनसहित धनगढी पुगेको विशेषज्ञ टोलीले बुधवारदेखि काम शुरू गरेको छ । मंगलबार साँझ मेसिन, किट, रेजेन्ट (केमिकल)सहित धनगढी पुगेको सो टोलीले जडानको काम शुरू गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको लागि आएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले सेती प्रादेशिक अस्पतालका प्राविधिकहरुको सहकार्यमा कोरोना भाइरस परिक्षण गर्ने रियल टाइम पीसीआर मेसिन जडान शुरू गरिएको जानकारी दिए । मेसिन जडान कार्य सकिएपछि आज साँझदेखि नै नमूना परिक्षण गर्न सकिने मोलिकुलर माइक्रोबायोलोजिस्ट लेखकले बताए ।

उनले भने,‘आज हामीले ल्याएको मेसिन यहाँको ल्याबमा सेटअप गर्छौ । रन गरेर भ्यालीडेट गर्नुपर्छ । त्यसको लागि छुट्टै सानो ल्याब बनाउनुपर्ने हुन्छ । आज भ्यालीडेसनको काम चाँडै सकियो भने, आज साँझ नै एक लट परिक्षणको काम गर्न सक्छौ । भ्यालीडेटमा ढिला भयो भने, भोलिदेखि नै परिक्षण शुरू गर्छौ ।’

जुन मेसिनबाट १ घण्टामै कोरोना जाँचको रिजल्ट दिन सक्ने बताइएको छ । ‘हामीले विरामीको नाक वा घाँटीको पछाडीबाट स्वाब लिन्छौ । स्वाबबाट भाइरसको आरएनए अर्थात भाइरसको जेनेटिक अवशेष निकाल्छौ । त्यसलाई मेसिनमा राखेर छ, कि छैन भनेर हेरिन्छ । १ घण्टा ५ सकेण्डमा रिजल्ट आउँछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पठाइएको यो मेसिनबाट काम थालिएपछि कोरोना परिक्षणको लागि काठमाडौं नै धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । हालसम्म नमूना संकलन गरेर काठमाडौं पठाउने गरिएको थियो । जसको रिपार्ट आउन एक हप्तासम्म समय लाग्ने गरेको थियो ।

यो संगै सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश आपूर्ति व्यवस्थापन समितिले कोराना जाँच मेसिनको खरिद प्रक्रिया पनि अगाडी बढाएको छ । टेण्डर छनौटको कार्य मंगलबार नै सकिएकोले आपूर्तिकर्ताले केही दिनभित्रै मेसिन आयात गरी सक्ने र परिक्षणको कार्य पनि चाँडै नै शुरू गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमणको जोखिमसंग जुध्न जनशक्ति कम

३० लाख जनसंख्यालाई ९ वटा आइसियु, ४ वटा भेन्टिलेटर

झण्डै ३० लाख जनसंख्या रहेको सुदूरपश्चिममा सरकारी अस्पतालसंग ९ वटा सघन उपचार कक्ष (आईसियु) ४ वटा भेन्टिलेटर मात्र रहेको छ ।  सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार निजी अस्पतालको सेती प्रादेशिक अस्पतालमा ५ वटा आईसियु, एक भेन्टिलेटर र महाकाली अस्पतालमा ४ वटा आईसियु र १ वटा भेन्टिलेटर छ ।

सुदूरपश्चिम भरीमा कोभिड १९ (कोरोना संक्रमित) को उपचार गर्ने कन्सलट्यान्ट फिजिसियन र क्रिटिकल कन्सलट्यान्ट फिजिसियन पनि सुदूरपश्चिममा नौ जना मात्र छन् । स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा ३, महाकाली अस्पतालमा ३, बाजुरा, दार्चुला र डडेल्धुरा १र१ जना कन्सलट्यान्ट फिजिसियनरक्रिटिकल कन्सलट्यान्ट फिजिसियन छन् ।

सुदूरपश्चिममा सरकारी दरबन्दीमा ५९ जना मेडिकल अफिसर, १५१ जना स्टाफरनर्सिङ सुपरभाईजर, ८४ जना अनमी र ५३ जना ल्याव टेक्निसियन कार्यरत छन् । जनसंख्या र संक्रमणको जोखिमसंग जुध्न यो निकै कम जनशक्ति हो ।

त्यसैगरी सुदूर पश्चिमका नौ वटै जिल्लामा कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएका आईसोलेसन वार्डमा १ सय ६४ बेड मात्र छन् । र ती अस्पतालहरुमा ९४ बेड मात्र थप्न सक्ने अवस्था रहेको निर्देशनालयले जनाएको छ ।

आईसोलेसन वार्ड स्थापना गरिएका अधिकांश अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारका लागि कन्सलट्यान्ट फिजिसियन र क्रिटिकल कन्सलट्यान्ट फिजिसियन भने छैनन ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ