२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीका कोभिड–१९ संक्रमित परिवारका सदस्यसहित १३ जनाको नमुना संकलन

धनगढीका कोभिड–१९ संक्रमित परिवारका सदस्यसहित १३ जनाको नमुना संकलन


धनगढी-विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका परिवारका सदस्यसहित १३ जनाको नमुना संकलन गरेको छ ।

संक्रमितका १० जना परिवारका सदस्य, दुई जना स्वास्थ्यकर्मी र एक जना धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेकासहित गरी १३ जनाको थ्रोट स्वाव संकलन गरिएको सेती प्रादेशिक अस्पताले जनाएको छ ।

यसअघि कोभिड १९ को संक्रमण देखिएका परिवारका सदस्यमा कोरोनाको कुनै पनि किसिमको लक्षण नदेखिएको भन्दै नमुना संकलन गरिएको थिएन । बुधबार नमूना संकलनपछि भने संक्रमितका परिवारलाई घरमै क्वारेन्टाइनमा बस्न पठाइएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।

सेती अस्पतालबाट यसअघि २६ जनाको स्वाव पठाइएकोमा २० जनाको रिपोर्ट आएको छ । जसमा एक जनाको पोजेटिभ र बाँकी १९ जनाको नेगेटिभ छ भने ६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ