२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन ल्याइयो [फोटो फिचर]

सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन ल्याइयो [फोटो फिचर]


धनगढी – सुदूरपश्चिम प्रदेशमा एकैपटक धेरैको कोरोना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन ल्याइएको छ। नेपाली सेनाको स्काईट्रकमार्फत उक्त मेसिन धनगढी ल्याइएको छ। कृषि तथा पशुपंछी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको उक्त मेसिन बुधबार धनगढी ल्याइएको हो।

मेसिनले तीन घण्टामा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमता राख्छ। मेसिनलाई आजै पशुपंछी रोग अन्वेशण प्रयोगशाला धनगढीमा जडान गरी नमुनाहरुको परीक्षण सुरु गरिने भएको छ। प्रदेशमा कोरोना संक्रमणको जोखिम बढी भएको तर, संकलित नमुना परीक्षणमा समस्या हुन थालेपछि प्रदेश सरकारको अनुरोधमा सो मेसिन धनगढी ल्याइएको हो।

सुदूरपश्चिममा संक्रमितको संख्या बढ्न थालेको भन्दै सरकारले मंगलबारदेखि यहाँ र्‍यापिड टेस्ट पनि गरिरहेको छ। यसैबीच सोही स्काईट्रकमार्फत १ सय ४० जनाको नमूना पनि परीक्षणका लागि काठमाडौं लगिएको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ