२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोभिड-१९ त्रास : स्टाफ नर्सले गरे नियुक्ति लिन अस्वीकार

कोभिड-१९ त्रास : स्टाफ नर्सले गरे नियुक्ति लिन अस्वीकार


धनगढी-सेती प्रादेशिक अस्पतालमा तीन पटकसम्म नियुक्तिका लागि बोलाइएका १४ जना स्टाफ नर्सले नियुक्ति लिन अस्वीकार गरेका छन् । माघ १० गतेको सूचनापछि लिखित तथा अन्तर्वार्ता परीक्षाबाट योग्यता क्रममा रहेका वैकल्पिक आवेदकलाई चैत ५, १२ र २४ गते गरी तीन पटकसम्म नियुक्तिका लागि बोलाइएपनि १४ जना स्टाफ नर्सले नियुक्ति लिन अस्वीकार गरेका हुन् ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार १० गतेको विज्ञापनपछि पहिलो रोजाइमा रहेका २३ जनालाई सुरुमा भर्ना गरेको थियो। ‘२० जनालाई वैकल्पिकमा राखिएको थियो । उनले भने, ‘कोरोनाको जोखिम बढेपछि वैकल्पिकमा नाम निकालेका १५ जनालाई सुरुमा र त्यसपछि थप ५ जनालाई पनि नियुक्तिका लागि पटक–पटक बोलाएका थियौँ । तर, अहिले सम्म ६ जनाले मात्रै नियुक्ति लिएका छन् ।’

अस्पतालका मेसु डा. हेमराज पाण्डेका अनुसार पटक–पटक सूचना जारी गरिएपनि नियुक्तिका लागि नआएपछि नयाँ भर्नाका लागि सूचना जारी भएको छ । चार जना मेडिकल अधिकृत र केही स्टाफ नर्सका लागि आवेदन खुल्ला गरिएको हो ।

डाक्टर पाण्डेयका अनुसार ५ दिनभित्रै आवेदन दिन सूचना जारी भएको छ । ‘वैकल्पिकमा नाम निकालेका स्टाफ नर्सलाई नियुक्तिका लागि पटक–पटक फोन पनि गरेका छौं । अन्तिम पटकका लागि सूचना जारी गरे पनि धेरै आउनुभएन । अब नयाँ भर्नाको तयारी छ,’ उनले भने ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ