२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा ५० शैय्याका कोरोना अस्पताल बनाउन सुरु

सुदूरपश्चिममा ५० शैय्याका कोरोना अस्पताल बनाउन सुरु


धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको उपचारका लागि ५०/५० शैय्याको कोरोना अस्पतालको निर्माण गर्ने घोषणा अनुसार धनगढीमा निर्माण सुरु भएको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र महाकाली अस्पताललाई ५०/५० शैय्याको अस्पताल निर्माणका लागि एक/एक करोडको अख्तियारी दिएपछि धनगढीमा निर्माण सुरु भइसकेको छ भने महेन्द्रनगरमा प्रक्रियामा छ ।

सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालले नै सञ्चालन गर्ने गरी दुवै ठाउँमा ५०/५० शैय्याको कोरोना संक्रमितको उपचारका लागि अस्पतालको निर्माण भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए । धनगढीमा अस्पतालको भवन निर्माणका लागि सम्झौता गर्दै काम सुरु गरिसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

उनले उद्योग वाणिज्य संघको छेउमै रहेको जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैय्याको आइसोलेसन भवन निर्माण सुरु भइसकेको बताए । ‘९४ लाखमा एक महिना भित्र काम सक्ने गरी किनारा कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का दिएका छौं । काम सुरु भएको छ । दिन–रात काम हुँदैछ,’ उनले भने ।

उता महाकाली अस्पतालमा ९२ लाखमा डिपिन बिल्डर्स प्रालिले भवन निर्माण गर्ने जिम्मा पाएको छ । तर, निर्माण सम्झौता भने नभएको महाकाली अस्पताले जनाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उनले महाकाली अस्पतालकै परिसरमा भवन निर्माण गर्ने बताए ।

‘निर्माण कम्पनीलाई देखाएका छौ । भवनका लागि जग्गा प्रशस्त छ,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयले रकमको अख्तियारी दिएपछि बाँकी काम हामीले गरिरहेका छौं ।’ प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको स्टीमेटअनुसार भवन निर्माण हुनेछन् ।

कोभिड–१९ का संक्रमितहरुलाई राख्न एक भवनमा ५० कोठाहरु हुनेछन् प्रदेशमा कोभिड–१९ का संक्रमितको संख्या धेरै भए नयाँ निर्माण गरिएका आइसोलेसन भवनहरुमा राख्ने तयारीमा प्रदेश सरकार छ । नयाँ निर्माण हुने आइसोलेसन भवन प्रि–फ्याव प्रविधिमा निर्माण गर्न सम्झौता भएको हो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ