२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती अस्पतालमा लकडाउन पछि बन्द रहेको खोप सेवा पुन: सञ्चालन हुने

सेती अस्पतालमा लकडाउन पछि बन्द रहेको खोप सेवा पुन: सञ्चालन हुने


धनगढी – सेती प्रादेशिक अस्पतालमा लकडाउन पछि बन्द रहेको खोप सेवा भाेलिदेखि पुन: सञ्चालन हुने भएकाे छ। अस्पतालले विहिबार सूचना जारी गर्दै बालबालिकाहरूका लागि लगाइने विभिन्न खोपहरू हप्ताको दुई दिन सञ्चालन गरिएकाे जनाएकाे हो ।

अब प्रत्येक हप्ताकाे सोमबार र शुक्रबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप सेवा लिन सकिने अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।

त्यस्तै, प्रत्येक हप्ता आइतबार र बुधबार गर्भवती तथा परामर्श र टिडी खोप सेवासमेत सञ्चालन भएकाे भएको अस्पतालले जानकारी दिएको छ। खोप सेवा बन्द हुँदा धेरै बालबालिका खोप लगाउनबाट वञ्चित हुँदै आएका थिए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ