२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोरोनाको संक्रमणपछि सेती अस्पतालमा उपकरण र जनशक्ति थपिदैं

कोरोनाको संक्रमणपछि सेती अस्पतालमा उपकरण र जनशक्ति थपिदैं


धनगढी–कोरोना भाइरस (कोभिड-१९) को संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा उपकरण र दक्ष जनशक्ति थपिने क्रम बढेको छ। सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेको सेतीमा उपकरण र जनशक्ति थपिने क्रम बढेको हो। कोरोना संक्रमितको उपचार हुन थालेपछि दुई जना डाक्टर र १५ जना स्टार्फ नर्स भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए।

उनले १० जना स्वीपर पनि थपिएको बताए । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि मात्रै ५ बेडको छुट्टै आईसियु सेवा पनि सञ्चालन गरिएको छ। दुईवटा भेन्टिलेटर सहित पाँच बेडको आईसियु सञ्चालन गरिएको हो। एक भेन्टिलेटर सहित पाँच बेडको आईसियु भने यसअघि देखि नै सञ्चालनमा थियो।

थपिएका उपकरण कोरोनाको संक्रमण नियन्त्रण भएपछि अन्य बिरामीको उपचारमा पनि प्रयोग गरिने मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाण्डेयले बताए। कोरोनाको संक्रमणपछि नै सुदूरपश्चिम प्रदेशमा दुई वटा पिसिआर मेसिन पनि संघीय सरकारले पठाएको छ।

उपकरण अभावले अन्य बिरामीको परीक्षणमा समस्या हुँदै आएकोमा दुवै मेसिन अन्य रोगको परीक्षणका लागि पनि प्रयोग गर्न पाईने सेती प्रादेशिक अस्पतालका प्रयोगशाला ईन्चार्ज रमेश शाहीले बताए। कोरोनापछि दुवै मेसिन सुदूरपश्चिममै राखिए धेरै सहज हुने उनले बताए।

कञ्चनपुरको महाकाली अस्पतालले पनि कोरोनाको संक्रमणपछि नै ५३ लाख बराबरका भेन्टिलेटर र अन्य चारवटा उपकरण खरिद गरिएको थियो। तर आपूर्तीकर्ताले पूरानो र प्रयोग गरिसकेको उपकरण पठाएपछि अहिले नयाँ खरिदको प्रक्रिया अगाडि बढेको महाकाली अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले बताए।

उनले चार वर्षदेखि थन्किएको आईसियु सञ्चालनका लागि पनि परीक्षण सुरु गरिएको बताए। सुदूरपश्चिमका जिल्ला अस्पतालका लागि समेत भेन्टिलेटर लगायतका उपकरण खरिदको निर्णय भएपनि अहिले सम्म खरिद गरिएको छैन्। यस्तै तीन स्थानमा प्रयोगशाला सञ्चालनको निर्णय पनि कार्यान्वयन भएको छैन्।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ