२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ पीपीईमा कालोबजारी गर्नेलाई दुई लाख जरिवाना

पीपीईमा कालोबजारी गर्नेलाई दुई लाख जरिवाना


धनगढी—व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई)मा कालोबजोरी गर्ने धनगढीको एडभान्स सर्जिकल एण्ड सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

बुधबार संयुक्त बजार अनुगमन टोलीले  सप्लायर्सले पीपीईमा कालोबजारी गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुनमगरले उक्त सप्लायर्सले पीपीईमा तोकिएभन्दा ३२ दशमलव ७२ प्रतिशत बढी लिएको भेटिएपछि दुई लाख जरिवाना गरिएको जानकारी दिए ।

सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको उनले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ