२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोरोना परीक्षण गर्ने ३८४ किट धनगढी पुग्यो, आजदेखि परीक्षणलाई तीव्रता दिइने

कोरोना परीक्षण गर्ने ३८४ किट धनगढी पुग्यो, आजदेखि परीक्षणलाई तीव्रता दिइने


धनगढी-किटको मौज्दात सकिएपछि सुदूरपश्चिममा रोकिएको कारोना परीक्षण आजदेखि पुनः सुरु हुने भएको छ । संघीय सरकारले किट पठाएपछि शनिबारदेखि पुनः कोरोना परीक्षण सुरु हुने भएको हो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संघीय सरकारले पठाएको ३८४ वटा आरएनए एक्सट्याक्सन किट शुक्रबार राती धनगढी पुगेको हो ।

किट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पाइसकेको बताउँदै सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले शनिबारदेखि रोकिएको कोरोना परीक्षणलाई तीव्रता दिइने बताए ।

उनले पिसिआर किटको मौज्दात रहेको र आरएनए एक्सट्याक्सन किट संघीय सरकारले पठाएसँगै अब परीक्षणमा कुनै समस्या नआउने बताए ।

धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिनमार्फत हुने कोरोना परीक्षण किट अभावका कारण रोकिएको थियो ।

परीक्षण रोकिएपछि विभिन्न जिल्लाबाट संकलन गरिए पठाइएको शंकास्पद ५० बढीको थ्रोट स्वाबको नमूना त्यतिकै थन्किएको थियो । किट पाएपछि परीक्षणलाई तीव्रता दिइने प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ