२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कोरोना परीक्षण गर्ने ३८४ किट धनगढी पुग्यो, आजदेखि परीक्षणलाई तीव्रता दिइने

कोरोना परीक्षण गर्ने ३८४ किट धनगढी पुग्यो, आजदेखि परीक्षणलाई तीव्रता दिइने


धनगढी-किटको मौज्दात सकिएपछि सुदूरपश्चिममा रोकिएको कारोना परीक्षण आजदेखि पुनः सुरु हुने भएको छ । संघीय सरकारले किट पठाएपछि शनिबारदेखि पुनः कोरोना परीक्षण सुरु हुने भएको हो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संघीय सरकारले पठाएको ३८४ वटा आरएनए एक्सट्याक्सन किट शुक्रबार राती धनगढी पुगेको हो ।

किट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पाइसकेको बताउँदै सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले शनिबारदेखि रोकिएको कोरोना परीक्षणलाई तीव्रता दिइने बताए ।

उनले पिसिआर किटको मौज्दात रहेको र आरएनए एक्सट्याक्सन किट संघीय सरकारले पठाएसँगै अब परीक्षणमा कुनै समस्या नआउने बताए ।

धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिनमार्फत हुने कोरोना परीक्षण किट अभावका कारण रोकिएको थियो ।

परीक्षण रोकिएपछि विभिन्न जिल्लाबाट संकलन गरिए पठाइएको शंकास्पद ५० बढीको थ्रोट स्वाबको नमूना त्यतिकै थन्किएको थियो । किट पाएपछि परीक्षणलाई तीव्रता दिइने प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ