२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशपिसिआर रिपोर्ट नेगेटिभ आएपछि सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज

पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज


धनगढी-सुदूरपश्चिमका बिभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका १४६ जना डिस्चार्ज भएका छन् । प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिलेसम्म १४६ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालबाट अहिलेसम्म ५१ जना, डडेल्धुरा अस्पतालबाट १९ जना, बयलपाटा अस्पताल अछाम र जिल्ला अस्पताल अछामबाट १७/१७ जना डिस्चार्ज भएका छन् । यस्तै महाकाली अस्पतालबाट ९ जना कोरोनाका शंकास्पद बिरामी डिस्चार्ज भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीकाअनुसार जिल्ला अस्पताल डोटीबाट ६ जना, जिल्ला अस्पताल बैतडी र गोकुलेश्वर अस्पतालबाट ५/५ जना, जिल्ला अस्पताल बाजुरा र भजनी स्वास्थ्य केन्द्राबाट ४/४ जना, चौमाला स्वास्थ्य केन्द्रबाट ३ जना, टीकापुर र जोगबुढा अस्पतालबाट २/२ जना, जिल्ला अस्पताल बझाङ र कोल्टी स्वास्थ्य केन्द्रबाट १/१ जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन् ।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आइसोलेसनमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ । अहिलेसम्म सुदूरपश्चिका विभिन्न अस्पतालमा १६३ शैय्याको आइसोलेसन स्थापना भइसकेको छ ।

निर्देशनालयका अनुसार कोरोना आशंकामा अहिले ५ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ । जिल्ला अस्पताल बझाङमा ३ जना, डडेल्धुरा र बैतडी अस्पतालमा १/ १ जनालाई आईसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ