२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज

पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज


धनगढी-सुदूरपश्चिमका बिभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका १४६ जना डिस्चार्ज भएका छन् । प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिलेसम्म १४६ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालबाट अहिलेसम्म ५१ जना, डडेल्धुरा अस्पतालबाट १९ जना, बयलपाटा अस्पताल अछाम र जिल्ला अस्पताल अछामबाट १७/१७ जना डिस्चार्ज भएका छन् । यस्तै महाकाली अस्पतालबाट ९ जना कोरोनाका शंकास्पद बिरामी डिस्चार्ज भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीकाअनुसार जिल्ला अस्पताल डोटीबाट ६ जना, जिल्ला अस्पताल बैतडी र गोकुलेश्वर अस्पतालबाट ५/५ जना, जिल्ला अस्पताल बाजुरा र भजनी स्वास्थ्य केन्द्राबाट ४/४ जना, चौमाला स्वास्थ्य केन्द्रबाट ३ जना, टीकापुर र जोगबुढा अस्पतालबाट २/२ जना, जिल्ला अस्पताल बझाङ र कोल्टी स्वास्थ्य केन्द्रबाट १/१ जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन् ।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आइसोलेसनमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ । अहिलेसम्म सुदूरपश्चिका विभिन्न अस्पतालमा १६३ शैय्याको आइसोलेसन स्थापना भइसकेको छ ।

निर्देशनालयका अनुसार कोरोना आशंकामा अहिले ५ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ । जिल्ला अस्पताल बझाङमा ३ जना, डडेल्धुरा र बैतडी अस्पतालमा १/ १ जनालाई आईसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ