२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकैलाली, डडेल्धुरा र बैतडीमा ५ जनामा देखियो कोरोना संक्रमण

कैलाली, डडेल्धुरा र बैतडीमा ५ जनामा देखियो कोरोना संक्रमण


काठमाडौं-कैलाली, डडेल्धुरा र बैतडीमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा सुदूपश्चिममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार कैलालीका ३ जना, डडेल्धुराका १ जना र बैतडीमा १ जनामा कोरोना संक्रमण देखिएको हो । उनकाअनुसार कैलाली जिल्लाका संक्रमितहरु १९, २३, २६ वर्षीय पुरुषहरु रहेका छन् । उनीहरु कैलाली जिल्लाको जानकी गाउँपालिका हुन् भने सरस्वती माविको क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

यस्तै परशुराम-१० डडेल्धुराका २८ वर्षीया पुरुषमा पनि कोभिड-१९ पोजेटिभ देखिएको छ । डडेल्धुरा अस्पतालले उनको स्वाब परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाएको थियो ।

बैतडी शिवनाथ-१ का २२ वर्षीय पुरुषमा पनि कोभिड-१९ पोजेटिभ देखिएको छ । बैतडी अस्पतालले उनको स्वाब संकलन गरी धनगढी पठाएको थियो । बैतडीमा कोरोना संक्रमण देखिएका व्यक्ति थुनुवा रहेका छन् । उनी कर्तव्य ज्यान मुद्धामा १५ बैशाखमा पक्राउ परेका थिए । भारतबाट फर्केको उनको ट्राभल हिस्ट्री रहेको छ ।

बैतडी र डडेलधुरामा पहिलो पटक कोरोना संक्रमितहरू भेटिएका हुन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ