२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा थप एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

सुदूरपश्चिममा थप एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि


धनगढी – सुदूरपश्चिममा थप एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । धनगढीस्थित प्रयोगशालामा स्वाब परीक्षणको क्रममा कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ का ल्याब एसिसटेन्टलाई गएको शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार कोरोना पुष्टि भएका कञ्चनपुरका २१ जना मध्ये १४ जना लालझाडी गाउँपालिकामा कोरोना पुष्टि भएको हो । त्यसमा ३२ वर्षीय स्वास्थ्यकर्मी रहेका छन् । ती गाउँपालिकाका संक्रमितहरुको चेकजाँचमा संग्लन ती स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएपछि अहिले उनी होम क्वारेन्टाइनमा बसेका छन् ।
यसअघि लालझाडी गाउँपालिकासँगै जोडिएको पुर्नवास नगरपालिकाका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु दुवै जना अस्पतालको आईसोलेसनमा उपचाररत रहेका छन् ।

क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ