२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीको नवजीवन अस्पतालको आइसियुमा रहेका पुरुषमा कोरोना पुष्टि

धनगढीको नवजीवन अस्पतालको आइसियुमा रहेका पुरुषमा कोरोना पुष्टि


धनगढी – धनगढीको नवजीवन अस्पतालमा उपचार गराईरहेका एक पुरुषमा कोरोना पुष्टि भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ४३ बर्षीय पुरुषमा शनिवार राति ११ बजे कोरोना पुष्टि भएको हो ।

उनी केही दिनदेखि नवजीवन अस्पतालको आईसियुमा उपचार गराइरहेका थिए । ईमरजेन्सी केस भएका कारण शनिबार राति धनगढी स्थित प्रयोगशालामा जाँच गर्दा उनीमा कोरोना पुष्टि भएको हो । तर उनको बारेमा विस्तृत जानकारी अझैं आउन सकेको छैन् । पुरुषको सम्पर्कमा आएका नवजीवन अस्पतालको आईसियुमा रहेकाहरुलाई आईसोलेसनमा राखिएको छ ।

अस्पताललाई सिल गरिएको छ । संक्रमण पुष्टि भएका पुरुषलाई सेती प्रादेशिक अस्पतालको आईसियुमा सारिएको छ । उनमा कोरोना पुष्टि भएपछि सारिएको अस्पताल स्रोतले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ