२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदुरपश्चिममा चार स्वास्थ्यकर्मीलाई कोरोना पुष्टी

सुदुरपश्चिममा चार स्वास्थ्यकर्मीलाई कोरोना पुष्टी


धनगढी–सुदुरपश्चिममा चौथो स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । शनिवार डडेल्धुराका २४ जनामा कोरोना पुष्टि भएकोमा २३ जना एकै नवदुर्गा गाउँपालिकामा रहेकोमा २७ बर्षीय महिलामा डडेल्धुरा अस्पतालमा कार्यरत नर्स रहेको खुलेको हो ।

उनी अहिले आईसोलनमा रहेको अस्पतालका निमित्त मेसु डाक्टर जगदिशचन्द्र विष्टले जानकारी दिए । उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट टेसिंगको काम भईरहेको विष्टले बताए । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीको संख्या चार पुगेको छ ।

कञ्चनपुरको लालझाडीका ३२ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । यसअघि कञ्चनपुरको पुर्नवास नगरपाकिला दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ