गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सीमा नाकामा आएका नेपालीलाई ओसार्ने बसका चालकलाई कोभिड– १९ पुष्टि सीमा नाकामा आएका नेपालीलाई ओसार्ने बसका चालकलाई कोभिड– १९ पुष्टि हेल्थ आवाज आईतबार, २०७७ जेठ ३२ गते, १८:१४ मा प्रकाशित धनगढी- धनगढीस्थित नवजीवन अस्पतालमा उपचार गराइरहेका एक पुरुषमा कोरोना पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पुरुषमा शनिबार राति ११ बजे कोरोना पुष्टि भएको हो । उनी बसका चालक रहेको खुलेको हो । उनी सार्वजनिक यातायातका सदस्य रहेको बुझिएको छ । उनी आफैं मालिक र व्यवसायी रहेका थिए । कञ्चनपुर सीमा नाकाबाट नेपाल आएकाहरुलाई क्वारेन्टाइनसम्म ओसार्ने काममा सक्रिय रहेको बुझिएको नवजिवन अस्पतालका निर्देशक डा. विदुरमणि ढकालले बताए । उनी दुई दिनदेखि नवजीवन अस्पतालको आईसियुमा उपचार गराईरहेका थिए । इमर्जेन्सी केस भएका कारण शनिबार राति धनगढीस्थित प्रयोगशालामा जाँच गर्दा उनीमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमितको सम्पर्कमा आएका नवजीवन अस्पतालको आईसियुमा रहेकाहरुलाई आईसोलेसनमा राखिएको अस्पतालका निर्देशक डा. विदुरमणि ढकालले बताए । उनले संक्रमण पुष्टि भएका पुरुषलाई राती नै सेती प्रादेशिक अस्पतालको आईसीयुमा सारिएको बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्यमन्त्रीले कर्मचारीलाई भने, ‘आत्महत्या गर्ने भए डोरी दिन्छु, मेरो गेटमा आएर झुण्डिनु’ [भिडियो] वयस्क अवस्थादेखि सक्रिय बन्नुले केही स्वास्थ्य समस्याबाट मृत्यु हुने जोखिम २२% ले घटाउन सक्छ : अध्ययन मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्यमन्त्रीले कर्मचारीलाई भने, ‘आत्महत्या गर्ने भए डोरी दिन्छु, मेरो गेटमा आएर झुण्डिनु’ [भिडियो] वयस्क अवस्थादेखि सक्रिय बन्नुले केही स्वास्थ्य समस्याबाट मृत्यु हुने जोखिम २२% ले घटाउन सक्छ : अध्ययन