२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा एकैदिनमा थपिए ६८ संक्रमित

सुदूरपश्चिममा एकैदिनमा थपिए ६८ संक्रमित


धनगढी – सुदूरपश्चिममा थप  ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा सोमबार भएको कोरोना परीक्षणमा थप ६८ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थपिएको उक्त संख्या हालसम्मकै उच्च हो। थपिएका संक्रमित मध्ये ३  जना महिला र ६५ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनकाअनुसार बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ३ सय ४, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ