२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोरोनाले मृत्यु भएका मृतकको शव सेनाद्धारा व्यवस्थापन

कोरोनाले मृत्यु भएका मृतकको शव सेनाद्धारा व्यवस्थापन


धनगढी – कोरोना संक्रमणका कारण बुधबार सेती अस्पतालमा मृत्यु भएका पुरुषको शव सेनाले मोहना नदीमा व्यवस्थापन गरेको छ । मृतकको शव मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनका अनुसार नेपाली सेनाले नै खटाएका ब्रमाण्डले हिन्दु संस्कार अनुसार मृत्यु पछिको कर्मकाण्ड पुरा गरी आफन्तसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रोहबरमा शवको व्यवस्थापन गरिएको हो ।

मृतकको शव व्यवस्थापन गर्ने क्रममा सेनाका तोकिएका व्यक्ति बाहेक मृतकका आफन्तले टाढैबाट हेरेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ