२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीको कोरोना परीक्षण प्रयोगशाला शत प्रतिशत विश्वसनिय

धनगढीको कोरोना परीक्षण प्रयोगशाला शत प्रतिशत विश्वसनिय


धनगढी – कैलालीस्थित सेती अस्पतालको मातहतमा रहेकाके पशुपन्क्षी रोग अन्बेष्ण प्रयोगशालामा हुने कोभिड –१९ परीक्षण गर्ने प्रयोगशाला शत प्रतिशत विश्वसनिय रहेको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको ’क्रस भेरिफिकेशन’ मा धनगढी प्रयोगशाला शत प्रतिशत विश्वसनिय रहेको पुष्टि भएको हो।

’क्रस भेरिफिकेशन’ का लागि पाँच जना पोजेटिभ र पाँच जना नेगेटिभ रिपोर्ट आएका व्यक्तिको नमुना काठमाडौँ पठाइएकोमा धनगढी प्रयोगशालामा पोजेटिभ आएका पाँच जनाको काठमाडौँमा पनि पोजेटिभ र धनगढीमा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको काठमाडौँमा पनि नेगेटिभ आएको प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ