२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशपिसिआर मेसिन जडान नहुँदा संकलित स्वाबको रिपोर्ट आउन ढिलाइ

पिसिआर मेसिन जडान नहुँदा संकलित स्वाबको रिपोर्ट आउन ढिलाइ


कैलाली – कोभिड–१९ को महामारी सुरु भए सँगै सुदूरपीश्चम प्रदेश सरकार को आकस्मिक मन्त्रिपरीषद बैठक बसी सुदूरपश्चिममा धनगढी सहित २ पहाडी जिल्लामा स्थापना गर्ने भनिएका पिसीआर मेसिन अझै जडान हुन सकेको छैन । धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा पहाडी जिल्ला बैतडी र डोटीका जिल्ला अस्पतालमा प्रयोगशाला (ल्याब) स्थापना गर्ने निर्णय गत चैत्र १५ गते गरिपनि अझै जडान हुन नसकेको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीले भने उपकरण भित्र¥याउन कोठा सफाइ सहितका अन्य काम सम्पन्न गरेको जनाएको छ । तर मेसिन बैतडी पुगे लगत्तै परीक्षणको काम सुरु गरिने जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट वसन्त राज जोशीले बताए ।

‘बैतडीबाट जेठमा सङ्कलन गरेर धनगढी पठाएका ४ सय बढी स्वाबको नतिजा आउन बाँकी नै छ’ ,उनले भने. ‘प्रयोगशाला स्थापना गर्ने विषय टुङ्गोमा लाग्न सकेको छैन, जसले गर्दा अझै पनि सङ्कलित स्वाब धनगढी पठाइरहेका छौँ ।’

यता, डोटीबाट सङ्कलन गरिएको २६ सय स्वाब मध्ये अझै ६ सय ८२ जनाको रिपोर्ट आउन बाँकी छ । पिसिआर मेसिन जडान नहुँदा सङ्कलित स्वाबहरूको रिर्पाेट आउन पनि ढिलाइ भइरहेको जिल्ला अस्पताल डोटीका मेसु डाक्टर ज्योति पाण्डेले बताइन् ।

‘प्रदेश सरकारले डोटीमा पनि पिसिआर मेसिन जडान गर्ने निर्णय गरे पनि त्यसयता भने कुनै आधिकारिक सूचना पाएका छैनौँ’ ,उनले भनिन्, ‘स्वाब सङ्कलन गरेर धनगढी पठाउँदा १५ दिन सम्म पनि नतिजा आउँदैन।’

स्वाब सङ्कलन गरेको १–२ दिनमै नतिजा आउनु पर्ने भए पनि महिना दिन पुग्दा समेत परीक्षण नगरिँदा आइसोलेसनमा बसेकालाई समस्या हुने गरेको उनले बताइन्। ‘प्रयोगशाला स्थापना गर्ने विषय टुङ्गोमा लागे हाल सङ्कलन गरिएका स्वाब डोटी बाटै परीक्षण गरिए शीघ्र नतिजा आउने थियो।’ ,उनले भनिन्।

त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धनगढीले अझै २ हजार सङ्कलित स्वाबको नतिजा आउन बाँकी रहेको जनाएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाबाट स्वाब ल्याउने क्रम जारी भएकाले दैनिक २ सय ५० को हाराहारीमा परीक्षण हुने भएकाले उक्त स्वाब परीक्षणमा महिना दिन भन्दा बढी लाग्न जनाइएको छ ।

तर स्वास्थ्य निर्देशनालयले भने ३ नयाँ उपकरण जडानको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उपकरण धनगढी ल्याउने क्रम जारी रहेको बताउँदै सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले भने, ‘तिथिमिती नै तोक्न सकिने अवस्था छैन, प्राविधिक समस्या नआए अबको केही दिनमै जडान सम्पन्न गरिने छ ।’


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ