२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि


धनगढी – सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र अछाम जिल्लाका पाँच जना गरी २२ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिरकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

उनका अनुसार अछामको मेल्लेख गाउँपालिकाका दुई महिला र तीन पुरुष गरी पाँच जनामा पनि कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको सूचना अधिकारी श्रेष्ठले बताए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ