२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा ९ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा ९ जना कोरोना संक्रमित थपिए


धनगढी- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ८ पुरुष र एक महिला गरी थप ९ जनामा कोरोना पुष्टि भएको हो।

जसमा डोटीको आदर्श गाउँपालिकाका दुई, दिपायल सिलगढी नगरपालिका र बोगटान फुडसिल गाउँपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

उनका अनुसार कञ्चनपुरको पुर्नवासका तीन र बेलौरीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ