२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा १९ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा १९ जनामा कोरोना संक्रमण


धनगढी-सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसमा सात जना महिला र १२ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । उनकाअनुसार सबैभन्दा बढी कञ्चनपुरको वेतकोट नगरपालिकाका ११ जना रहेका छन् । त्यसमा एक महिला सहित १० पुरुष रहेका छन् ।

त्यसैगरी कैलालीको टीकापुरका एकै वडाका चार जना महिलामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु सबैजना टीकापुर वडा नम्बर १ का वासिन्दा हुन् । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका दुई सय ३६ नमुनामध्ये अछामको चौरपाटीका दुई जना महिला र साँफेबगरका दुई जना पुरुष रहेका छन् ।

योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नौ सय ७५ पुगेको छ । हालसम्म यो प्रदेशमा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ