२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकैलालीका ६ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका ६ जनामा कोरोना संक्रमण पुष्टि


धनगढी – सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार ११३ जनामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

उक्त ६ जना संक्रमित नै कैलाली जिल्लाको रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । संक्रमितहरु मध्ये धनगढी उपमहानगरपालिका वडा न. १४ का २३ वर्षिया युवती र २ वर्षीय दुधे बालकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी, धनगढी उपमहानगरपालिका वडा न. ३ का २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिकाकै वडा न. १५ कैलालीका १९, १० र २५ वर्षीय पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ