२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिमका ८ जिल्लामा कालाजारको औषधि अभाव

सुदूरपश्चिमका ८ जिल्लामा कालाजारको औषधि अभाव


कैलाली-सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा कालाजारको औषधि अभाव भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती अस्पतालबाहेक प्रदेशका सबै स्वास्थ्य संस्थामा ‘लायपसमल’ नामक औषधि अभाव भएको स्वास्थ्य निर्देशनालय, राजपुर डोटीले जनाएको छ ।

तर, सेती अस्पतालबाहेकका स्वास्थ्य संस्थाहरूसँग कालाजारको औषधि प्रयोग गराउन सक्ने दक्ष चिकित्सक नभएकाले औषधि नपठाइएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए ।

‘पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुरामा देखिने कालाजार भारतलगायतका तेस्रो मुलुकबाट आएको हो । यो झाडापखालाले जस्तो छोटो समयमा महामारीकै रुप नलिने भएकाले धनगढी नै आउनु भ्याउँछन,’ उनले भने, ‘सबै स्थानमा औषधि पु¥याउन दक्ष जनशक्ति नै छैन ।’

अवस्थीले त्यस्तो प्रष्टीकरण दिएपनि डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बाजुरा, बझाङ, कञ्चनपुर, अछामलगायत जिल्लाका अस्पतालहरुमा कालाजारको औषधि नहुँदा बिरामीहरुको उपचारमा समस्या भएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ