२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश : ५५ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए

सुदूरपश्चिम प्रदेश : ५५ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए


कैलाली  – सुदूरपश्चिमका आधा भन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ९  जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनबाट ५५.११ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भएका हुन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा दुई हजार दुई सय दुई जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । गएको मंगलबार मात्रै अछाम जिल्लाका ७३ जनालाई घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि डोटीका ५३५, अछामका ५०९, कञ्चनपुरका ४८२, डडेल्धुराका २६७ र बैतडीका २ सय ५२ जनााई डिस्चार्ज गरिएको छ ।

कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशका ५७ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी एक हजार ८ सय ६० जनाको स्थानीय तहको आईसोलेसनमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन, डोटी अस्पतालमा दुई र सेती अस्पतालमा एक जना गरी ५५ जनाको उपचार भइरहेको छ । सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ