२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशबाहिरबाट आएकालाई होम क्वारेन्टाइनमा नपठाउन प्रदेश निर्देशनालयको निर्देशन

बाहिरबाट आएकालाई होम क्वारेन्टाइनमा नपठाउन प्रदेश निर्देशनालयको निर्देशन


धनगढी—सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले विभिन्न जिल्ला तथा भारतबाट आएकाहरुलाई अनिवार्य संस्थागत क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । आइतबार निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै बाहिरबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा नपठाएर संस्थागत क्वारेन्टाइनमा राख्न भनेको हो ।

‘होम क्वारेन्टाइनबाट समुदायमा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना छ,’ निर्देशनालयका निर्देशक गुणराज अवस्थीले भने, ‘तसर्थ स्थानीय तहमा भित्रिएकाहरुलाई संस्थागत क्वारेन्टाइनमा राखेर छैटौ दिनमा सबैको स्वाब संकलन गरेर कोरोना जाँचका लागि धनगढी अथवा डडेल्धुरा प्रयोगशालामा पठाउन निर्देशन दिएका छौं ।’

निर्देशनालयले प्रदेशका केही स्थानीय तहले बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा नराखी सिधै होम क्वारेन्टाइनमा राख्ने गरेको सूचना प्राप्त भएका बताउँदै त्यसो नगर्न आग्रह गरेको छ ।

यस्तै, उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आए अनिवार्य १४ दिन क्वारेन्टाइन अथवा आइसोलेनमा बसाउने र नेगेटिभ आए थप ७ दिन होम क्वारेन्टाइनमा बसाउने व्यवस्था मिलाउन समेत स्वास्थ्य निर्देशनालयले सबै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

 


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ